२०८२ असार १
June 15, 2025, Sunday

निर्वाचन आचारसंहिता पालना गराउन निर्देशन दिने आयोगको निर्णय

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पालना गराउन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ।

Advertisement

आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् धाँधलीरहित बनाउने सन्दर्भमा आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको छ।

Advertisement

नेपाल सरकार, प्रदेश, स्थानीय तह, अर्धसरकारी तथा सरकारी संस्था अन्तर्गत निकायमा कार्यरत कर्मचारीले आचारसंहिता विपरीत काम कारबाही गरेको अवस्थामा सो को जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति लगायत सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय भएको आयोगको भनाइ छ।

आयोगले कुनै पनि कर्मचरीले राजनीतिक दल वा उम्मेदवारको पक्ष, विपक्षमा प्रचारप्रसार वा संलग्न हुने, सामाजिक सञ्जालमा मत माग्ने, पोष्ट एवम् शेयर गर्ने लागयतका गतिविधि आचारसंहिता विपरीत भएकोले सचेत गराउदै आएको छ।

उपरोक्त निर्णय भए बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबी गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेश गर्न आयोगको सचिवालयलाई निर्देशन दिइएको छ।

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ आश्विन २८, शुक्रबार ०७:०८

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ आश्विन २८, शुक्रबार ०७:०८

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ आश्विन २८, शुक्रबार ०७:०८

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP