२०८३ श्रावण ११
July 27, 2026, Monday

मतदान केन्द्रमा कर्मचारी खटाइदै

 डडेल्धुरा- डडेल्धुरामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी खटाइन थालिएको छ ।

Advertisement

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ ।

जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १ सय १ मतदानस्थलका १ सय ३९ मतदान केन्द्रमा खटिने कर्मचारी छनोट गरिसकेको छ । निर्वाचनमा खटाउनका लागि डडेल्धुरामा एक हजार १ सय ५ कर्मचारी छनोट गरिएको हो ।

मुख्य निर्वाचन अधिकृत बालकृण वाग्लेका अनुसार प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटाइएको जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि प्रदान गरिसकेको बताउदै निर्वाचन अधिकारी अवस्थीले उनले भने, ‘१ गतेभित्रै सुरक्षाकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाउने तयारी छ ।’

१ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा पुगाउने तयारी भइरहेको अवस्थीले बताए ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP