
डडेल्धुरा- डडेल्धुरामा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मतदान केन्द्रमा कर्मचारी खटाइन थालिएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाका लागि मतपत्रलगायत निर्वाचन सामग्री पुगिसकेको र मतदान केन्द्रअनुसार मतपत्र मिलाउने, मतपेटिका, छाप, स्ट्याम्प प्याड, कपडालगायत सामग्री व्यवस्थापनको काम भइरहेको छ ।
जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका १ सय १ मतदानस्थलका १ सय ३९ मतदान केन्द्रमा खटिने कर्मचारी छनोट गरिसकेको छ । निर्वाचनमा खटाउनका लागि डडेल्धुरामा एक हजार १ सय ५ कर्मचारी छनोट गरिएको हो ।
मुख्य निर्वाचन अधिकृत बालकृण वाग्लेका अनुसार प्रत्येक मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी खटाइएको जानकारी दिए । मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम पनि प्रदान गरिसकेको बताउदै निर्वाचन अधिकारी अवस्थीले उनले भने, ‘१ गतेभित्रै सुरक्षाकर्मी र कर्मचारी मतदान केन्द्रमा खटाउने तयारी छ ।’
१ गते राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएकाले त्यसअघि नै कर्मचारी र सुरक्षाकर्मीलाई मतदान केन्द्रमा पुगाउने तयारी भइरहेको अवस्थीले बताए ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...