
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मंसिर ४ गतेको निर्वाचन पछि संसदको अघिल्लो लहरमा नयाँ मान्छेहरुले प्रवेश पाउने बताएका छन् ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा आयोजना गरिएको सभालाई सम्वोधन गर्दै लामिछानेले आफूहरु सत्ताको वेन्चमा र अरु दल विपक्षीको बेन्चमा बस्ने बताए । देशभर नै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा माहोल आएको बताउँदै लामिछानेले धेरैको मनमा ब्याण्ड बज्न थालेको बताए ।
उनले देशभरका २४० क्षेत्रमा पार्टीले उम्मेदवार बनाएको बताउँदै धेरै ठाँउमा निर्वाचन जित्ने दावी गरे । उनले देशमा भष्ट्राचारीहरुको कोही पनि दण्डित नभएको नभएकोले अब भष्ट्राचारीहरुलाई ठाउँको ठाउँ कारवाही गर्ने चेतावनी दिए ।



