२०८३ भाद्र २
August 18, 2026, Tuesday

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण

राकेश शर्मा
म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न भएको हो । करिब एक करोड ५० लाख लागतमा आर्थिक बर्ष २०८२÷०८३ मा निर्माण सम्पन्न भएको हो । गाउँपालिकाको आर्थिक २०८०÷०८१ मा ५० लाख, ०८१÷०८२ मा ५५ लाख र ०८२÷०८३ मा ३४ लाख गरेर निर्माण सम्पन्न भएको हो ।
वडा कार्यालय परिसरमा पार्किङ र वरिपरी गेट हाल्नका लागि गाउँलेबाट ६ लाख चन्दाबाट निर्माण गरिएको वडा अध्यक्ष बिल बहादुर फगामीले जानकारी दिनुभयो ।

Advertisement

भूकम्प प्रतिरोधी क्षमता भएको नौं वटा कोठा भएको दुईतले भवन बनाइएको छ । भ्वन संगै माथिल्लो तलामा सभाहल समेत निर्माण गरिएको छ । एक सभा हल, वडाध्यक्ष, सचिव, वडा सदस्य, प्राविधिक, सहयोगी र भण्डारण कक्ष भएको भवनमा ३ वटा शौचालय समेत निर्माण गरिएको वडाध्यक्ष फगामीले नवनिर्मित भवन निर्माण सम्पन्न भएपछि सेवा प्रवाहमा सहज भएको बताउनुभयो । भवनको तल्लो तलमा बेग स्वास्थ्य चौकी राखिएको छ । माथिल्लो तलमा वडाको कार्यालय राखिएको छ ।

पार्किङसहितको सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण भएपछि वडा कार्यालयबाट प्रवाह हुने सेवा प्राप्त गर्न सहज बन्ने अपेक्षा गरिएको स्थानीयको भनाई छ । ८ वटा वडा रहेका रघुगंगामा यस अघि वडा नं. ५ झिँ, ६ पाखापानीमा वन निर्माण भएको थियो । वडा रघुगंगा गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको प्रशासकीय, ४ को कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन भएको बताउनुभयो  ।

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP