२०८३ भाद्र २
August 18, 2026, Tuesday

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान गरेका छन्।

Advertisement

केसीले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको उपचार तथा दैनिक आवश्यकतामा केही राहत पुग्ने उद्देश्यले नगद रु. ६ हजार ५ सय ५५ सहयोग गरेका हुन्।

सहयोग हस्तान्तरणपछि केसीले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजसेवासँग जोड्न चाहेको बताए। उनले भने, “ज्येष्ठ नागरिकहरू हाम्रो समाजका अभिभावक हुन्। प्रदेश बाहिर भए पनि गलेश्वर आश्रममा बसोबास गरिरहेका बुबाआमा समान ज्येष्ठ नागरिकको उपचार खर्चमा केही सहयोग पुगोस भन्ने उद्देश्यले यो सहयोग गरेको हुँ।”

उनले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा सक्दो साथ र सहयोग गर्दै जाने उनको भनाई छ ।

गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा विभिन्न जिल्लाबाट आएका असहाय तथा संरक्षणको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू बसोबास गर्दै आएका छन्। आश्रम सञ्चालन तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचार, खाद्यान्न र दैनिक व्यवस्थापनका लागि स्थानीय तह, विभिन्न संघसंस्था तथा समाजसेवी व्यक्तिहरूको सहयोग महत्वपूर्ण रहने गरेको आश्रमले जनाएको छ।

 

Related News

घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा एक जना बेपत्ता
  • २०८३ श्रावण २६, मंगलवार ०१:१४

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, पोखरेबगरस्थित १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजनाको पावरहाउसमा पहिरो खस्दा १ जना वेपत्ता भएका छन् । गयराती...

आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
आरोहणमा दुर्लभ कीर्तिमान छाडेर हिमालमै अस्ताए निर्मल
  • २०८३ श्रावण १६, शनिबार १६:२८

आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालमा अतिरिक्त अक्सिजनको प्रयोग नगरी सबैभन्दा छिटो आरोहण गरी नयाँ रेकर्ड कायम गर्नुभएका विश्व...

म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
म्याग्दीको खानेपानी तथा सिचाइँ कार्यालयमा एकीकृत व्यवस्थापन प्रणाली लागू
  • २०८३ श्रावण १६, शनिबार ०९:०४

म्याग्दीको बेनीमा रहेको खानेपानी, जलस्रोत तथा सिचाइँ विकास डिभिजन कार्यालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याइएको छ । यही साउन...

TOP