Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १६
November 1, 2026, Sunday

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान गरेका छन्।

Advertisement

केसीले आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको उपचार तथा दैनिक आवश्यकतामा केही राहत पुग्ने उद्देश्यले नगद रु. ६ हजार ५ सय ५५ सहयोग गरेका हुन्।

Advertisement

सहयोग हस्तान्तरणपछि केसीले जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई समाजसेवासँग जोड्न चाहेको बताए। उनले भने, “ज्येष्ठ नागरिकहरू हाम्रो समाजका अभिभावक हुन्। प्रदेश बाहिर भए पनि गलेश्वर आश्रममा बसोबास गरिरहेका बुबाआमा समान ज्येष्ठ नागरिकको उपचार खर्चमा केही सहयोग पुगोस भन्ने उद्देश्यले यो सहयोग गरेको हुँ।”

उनले आगामी दिनमा पनि सामाजिक तथा मानवीय कार्यमा सक्दो साथ र सहयोग गर्दै जाने उनको भनाई छ ।

गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रममा विभिन्न जिल्लाबाट आएका असहाय तथा संरक्षणको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू बसोबास गर्दै आएका छन्। आश्रम सञ्चालन तथा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचार, खाद्यान्न र दैनिक व्यवस्थापनका लागि स्थानीय तह, विभिन्न संघसंस्था तथा समाजसेवी व्यक्तिहरूको सहयोग महत्वपूर्ण रहने गरेको आश्रमले जनाएको छ।

 

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP