
काठमाडौँ – गृह मन्त्रालयले सुरक्षाकर्मीलाई मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न तीन अवस्थामा माथिको आदेशबिनै गोली चलाउने अधिकार दिएको छ।
आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्था चुनावमा खटिएका सुरक्षाकर्मीलाई आदेशबिनै गोली चलाउने अधिकार दिएको गृहसचिव विनोदप्रकाश सिंहले बताए।
‘तीन अवस्थामा माथिल्लो निकायबाट आदेशबिना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ,’ उनी भन्छन्, ‘आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा अर्थात् बुथ कब्जा हुने अवस्था देखिएमा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।’
गृह मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहसचिव सिंहले त्यसबारेमा जानकारी दिएका हुन्। त्यस्तै सरकारले चुनाव बहिष्कार गर्ने समूहलाई कारबाही गर्ने चेतावनी दिएको छ। बहिष्कारका नाममा हिंसात्मक गतिविधि देखिन थालेको भन्दै सिंहले कारबाहीको चेतावनी दिएका हुन्।
बहिष्कार गर्ने समूह देशभर प्रहरीको निगरानीमा रहेको समेत उनले बताए।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...