२०८० मंसिर १५
December 1, 2023, Friday

निर्वाचन सुरक्षाः सुरक्षाकर्मीले यी तीन अवस्थामा माथिको आदेशबिनै गोली चलाउन पाउने

काठमाडौँ – गृह मन्त्रालयले सुरक्षाकर्मीलाई मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न तीन अवस्थामा माथिको आदेशबिनै गोली चलाउने अधिकार दिएको छ।

Advertisement

आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्था चुनावमा खटिएका सुरक्षाकर्मीलाई आदेशबिनै गोली चलाउने अधिकार दिएको गृहसचिव विनोदप्रकाश सिंहले बताए।

Advertisement

‘तीन अवस्थामा माथिल्लो निकायबाट आदेशबिना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ,’ उनी भन्छन्, ‘आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा अर्थात् बुथ कब्जा हुने अवस्था देखिएमा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।’

गृह मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहसचिव सिंहले त्यसबारेमा जानकारी दिएका हुन्। त्यस्तै सरकारले चुनाव बहिष्कार गर्ने समूहलाई कारबाही गर्ने चेतावनी दिएको छ। बहिष्कारका नाममा हिंसात्मक गतिविधि देखिन थालेको भन्दै सिंहले कारबाहीको चेतावनी दिएका हुन्।

बहिष्कार गर्ने समूह देशभर प्रहरीको निगरानीमा रहेको समेत उनले बताए।

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ मंसिर २, शुक्रबार १८:१६

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ मंसिर २, शुक्रबार १८:१६

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ मंसिर २, शुक्रबार १८:१६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP