२०८३ असार २६
July 10, 2026, Friday

निर्वाचन सुरक्षाः सुरक्षाकर्मीले यी तीन अवस्थामा माथिको आदेशबिनै गोली चलाउन पाउने

काठमाडौँ – गृह मन्त्रालयले सुरक्षाकर्मीलाई मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा विभिन्न तीन अवस्थामा माथिको आदेशबिनै गोली चलाउने अधिकार दिएको छ।

आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्था चुनावमा खटिएका सुरक्षाकर्मीलाई आदेशबिनै गोली चलाउने अधिकार दिएको गृहसचिव विनोदप्रकाश सिंहले बताए।

‘तीन अवस्थामा माथिल्लो निकायबाट आदेशबिना नै गोली चलाउन सक्ने अधिकार सरकारले दिएको छ,’ उनी भन्छन्, ‘आफ्नो सुरक्षा, निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षा, मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न हुने अवस्थामा अर्थात् बुथ कब्जा हुने अवस्था देखिएमा फिल्डमा खटिएका सुरक्षाकर्मीले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र भएको छ ।’

गृह मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै गृहसचिव सिंहले त्यसबारेमा जानकारी दिएका हुन्। त्यस्तै सरकारले चुनाव बहिष्कार गर्ने समूहलाई कारबाही गर्ने चेतावनी दिएको छ। बहिष्कारका नाममा हिंसात्मक गतिविधि देखिन थालेको भन्दै सिंहले कारबाहीको चेतावनी दिएका हुन्।

बहिष्कार गर्ने समूह देशभर प्रहरीको निगरानीमा रहेको समेत उनले बताए।

Related News

आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
आन्तरिक आम्दानी बढाउँदै मालिका, सम्भावनाको पूर्ण उपयोग अझै बाँकी
  • २०८३ असार १५, सोमबार ०४:३८

राकेश शर्मा म्याग्दीको मालिका गाउँपालिकाले आफ्नो आन्तरिक आम्दानीको दायारा बढाउने निति लिएको छ । पालिकाले चालु आर्थिक बर्षमा ७ करोड...

उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
उद्यमशीलताको खोजीमा धवलागिरी : दुर्गम गाउँसम्म आत्मनिर्भरताको अभ्यास
  • २०८३ असार १४, आईतवार १६:१८

राकेश शर्मा म्याग्दीमा एउटा उखान प्रचलित छ, ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन ।’ यो भनाइले धवलागिरि गाउँपालिका–१...

लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
लघुउद्यम तालिम: तालिमबाट आत्मनिर्भर बन्दै स्थानीय, व्यवसायीकरणमा अझै चुनौती
  • २०८३ असार १२, शुक्रबार ०३:२९

तालिम मार्फत आत्मर्निभर बनाउदै पालिका म्याग्दीको मंगला गाउँपालिकाले सञ्चालन गरेको लघुउद्यम विकास कार्यक्रमले स्थानीयलाई स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका खेलेको छ...

TOP