२०८३ जेष्ठ ११
May 25, 2026, Monday

डोटीमा ५१.१७ प्रतिशत मत खस्यो, महिला मतदाता धेरै

दिपायल – डोटीमा सबै मतदान स्थलमा मतदान प्रक्रिया सकिएको छ। ११५ मतदान स्थल र १७८ मतदान केन्द्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको निर्वाचन अधिकारी अरुणाकर पन्तले बताउनु भयो ।

Advertisement

जिल्लाको एउटा मतदान केन्द्रमा विवाद आउँदा हवाई फायर भएपनि अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। 

Advertisement

जिल्लामा रहेका कुल मतदाता मध्य ५१.१७ प्रतिशत मतदाताले मात्रै मतदाता गर्नु भएको हो। जसमा  २७ हजार ४५७ जना पुरुष मतदाता र ३६ हजार ६०१ महिला मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी पन्तले बताउनु भयो । सबै मतदान केन्द्रबाट आजै मतपेटिकाहरु हिँडिसकेको  बताउँदै उहाँले सोमबार बिहानसम्म  सबै मतपेटिका संकल हुने बताउनु भयो ।

मतपेटिका गणना स्थलमा पुगे लगत्तै सर्वदलीय बैठक राखेर  मतगणनाको कार्य अगाडि बढाउने तयारी रहेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो । ११५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित १७८ वटा मतदान केन्द्र रहेको डोटीमा एक लाख २४ हजार ८७० मतदाता रहेका थिए ।

स्थानीय तहको निर्वाचनमा ६३. ८८ प्रतिशत मत खसेको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ४, आईतवार १९:५०

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ४, आईतवार १९:५०

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ४, आईतवार १९:५०

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP