२०८० मंसिर १५
December 1, 2023, Friday

डोटीमा ५१.१७ प्रतिशत मत खस्यो, महिला मतदाता धेरै

दिपायल – डोटीमा सबै मतदान स्थलमा मतदान प्रक्रिया सकिएको छ। ११५ मतदान स्थल र १७८ मतदान केन्द्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको निर्वाचन अधिकारी अरुणाकर पन्तले बताउनु भयो ।

Advertisement

जिल्लाको एउटा मतदान केन्द्रमा विवाद आउँदा हवाई फायर भएपनि अन्य क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ। 

Advertisement

जिल्लामा रहेका कुल मतदाता मध्य ५१.१७ प्रतिशत मतदाताले मात्रै मतदाता गर्नु भएको हो। जसमा  २७ हजार ४५७ जना पुरुष मतदाता र ३६ हजार ६०१ महिला मतदाताले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी पन्तले बताउनु भयो । सबै मतदान केन्द्रबाट आजै मतपेटिकाहरु हिँडिसकेको  बताउँदै उहाँले सोमबार बिहानसम्म  सबै मतपेटिका संकल हुने बताउनु भयो ।

मतपेटिका गणना स्थलमा पुगे लगत्तै सर्वदलीय बैठक राखेर  मतगणनाको कार्य अगाडि बढाउने तयारी रहेको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो । ११५ वटा मतदान स्थल र एक वटा अस्थायी मतदान केन्द्रसहित १७८ वटा मतदान केन्द्र रहेको डोटीमा एक लाख २४ हजार ८७० मतदाता रहेका थिए ।

स्थानीय तहको निर्वाचनमा ६३. ८८ प्रतिशत मत खसेको थियो ।

Related News

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ मंसिर ४, आईतवार १९:५०

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ मंसिर ४, आईतवार १९:५०

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि पदयात्रा
  • २०७९ मंसिर ४, आईतवार १९:५०

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरीस हर्गोज’ पदमार्गको प्रर्वद्धनका लागि मंगलबारदेखि पदयात्रा शुुरु भएको...

TOP