२०८३ जेष्ठ ११
May 25, 2026, Monday

बाजुरा सदरमुकाम तनावग्रस्त, सेना परिचालन

बाजुरा– आइतबार बाजुराको त्रिवेणी-७ मा मतदानका क्रममा उत्पन्न विवादका कारण दुई जनाको मृत्यु भएपछि बाजुरा सदरमुकाम मार्तडी अहिले तनावग्रस्त भएको छ।

Advertisement

त्रिवेणी ७ को नाटेश्वरी बुथ केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच झडप हुँदा मतदानका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको थियो।

Advertisement

सोही विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका-८ का चेतन अएडीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। उनको अछामस्थित बयालपाटा अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।

एमालेको विद्यार्थी नेताका कुटपिट गरेर हत्याभएसँगै सदरमुकाम थप अशान्त बनेको छ। मार्तडीमा एमालेका पक्षका कार्यकर्ताले नाराबाजी र टायर बालेर विरोद्ध प्रदर्शन गरिरहेको स्थानीय गणेश धामीले बताए।

बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ। 

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ५, सोमबार १२:३८

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ५, सोमबार १२:३८

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ५, सोमबार १२:३८

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP