बाजुरा– आइतबार बाजुराको त्रिवेणी-७ मा मतदानका क्रममा उत्पन्न विवादका कारण दुई जनाको मृत्यु भएपछि बाजुरा सदरमुकाम मार्तडी अहिले तनावग्रस्त भएको छ।
त्रिवेणी ७ को नाटेश्वरी बुथ केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच झडप हुँदा मतदानका क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय २५ वर्षीय सुरेन्द्र अएडीको मृत्यु भएको थियो।
सोही विवादलाई लिएर कांग्रेस कार्यकर्ताले राति घरमा आक्रमण गरेर त्रिवेणी नगरपालिका-८ का चेतन अएडीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। उनको अछामस्थित बयालपाटा अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो।
एमालेको विद्यार्थी नेताका कुटपिट गरेर हत्याभएसँगै सदरमुकाम थप अशान्त बनेको छ। मार्तडीमा एमालेका पक्षका कार्यकर्ताले नाराबाजी र टायर बालेर विरोद्ध प्रदर्शन गरिरहेको स्थानीय गणेश धामीले बताए।
बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचालन गरिएको छ।
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...
खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...