Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

डोटीमा ५ बजे पछि मात्रै मतगणना सुरु हुने

दिपायल – डोटीमा ५ बजे पछि मात्रै मतगणना हुने भएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ५ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो ।

Advertisement

बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा दुवै तर्फको मतगणना एकै पटक सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो ।

Advertisement

एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको थियो ।  २७ हजार ४५७ जना पुरुष र ३६ हजार ६०१ महिला मतदाता गरी जम्मा ६४ हजार ५८ मत खसेको थियो ।

यसअघि प्रतिनिधि सभाको मात्रै मतगणना सुरु गर्ने तयारी भएको थियो,”मुख्य निर्वाचन अधिकृत पाण्ड्येले भन्नु भयो,” बैठकमा तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक सुरु गर्ने निर्णय भएका कारण थप तयारी गर्नु भएकाले ५ बजे देखि गणना सुरु गर्ने निर्णय भएको हो ।”

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP