
दिपायल – डोटीमा ५ बजे पछि मात्रै मतगणना हुने भएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ५ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो ।
बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा दुवै तर्फको मतगणना एकै पटक सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो ।
एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको थियो । २७ हजार ४५७ जना पुरुष र ३६ हजार ६०१ महिला मतदाता गरी जम्मा ६४ हजार ५८ मत खसेको थियो ।
यसअघि प्रतिनिधि सभाको मात्रै मतगणना सुरु गर्ने तयारी भएको थियो,”मुख्य निर्वाचन अधिकृत पाण्ड्येले भन्नु भयो,” बैठकमा तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक सुरु गर्ने निर्णय भएका कारण थप तयारी गर्नु भएकाले ५ बजे देखि गणना सुरु गर्ने निर्णय भएको हो ।”
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...