२०८० मंसिर २२
December 8, 2023, Friday

डोटीमा ५ बजे पछि मात्रै मतगणना सुरु हुने

दिपायल – डोटीमा ५ बजे पछि मात्रै मतगणना हुने भएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ५ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो ।

Advertisement

बैठकमा प्रतिनिधिसभा र प्रदेश सभा दुवै तर्फको मतगणना एकै पटक सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्ड्येले बताउनु भयो ।

Advertisement

एउटा प्रतिनिधि सभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको डोटीमा ५१.१७ प्रतिशत मत खसेको थियो ।  २७ हजार ४५७ जना पुरुष र ३६ हजार ६०१ महिला मतदाता गरी जम्मा ६४ हजार ५८ मत खसेको थियो ।

यसअघि प्रतिनिधि सभाको मात्रै मतगणना सुरु गर्ने तयारी भएको थियो,”मुख्य निर्वाचन अधिकृत पाण्ड्येले भन्नु भयो,” बैठकमा तीन वटै निर्वाचन क्षेत्रको मतगणना एकै पटक सुरु गर्ने निर्णय भएका कारण थप तयारी गर्नु भएकाले ५ बजे देखि गणना सुरु गर्ने निर्णय भएको हो ।”

Related News

आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
आफ्नै भवनमा सर्यो ताकमको वडा कार्यालय
  • २०७९ मंसिर ५, सोमबार १५:२५

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा वडा कार्यालयले आफ्नै भवनबाट सेवन दिनेभएको छ ।यसअघि पधेराचौरमा रहेको सामुदायिक भवनको सभाहलबाट कार्यालय संचालन गर्दै...

माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
माउन्ट र वेष्ट पोइन्ट जेसीजकपको सेमीफाइनल प्रवेश
  • २०७९ मंसिर ५, सोमबार १५:२५

माउन्ट एभरेष्ट आवासीय मावि र न्युु वेष्ट पोइन्ट मावि बेनीमा जारी अन्तर माध्यमिक विद्यालय स्तरीय २१ औ जेसीजकप फुटबल प्रतियोगिताको...

पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
पदमार्ग मासिए, धुलो र धुवाँले पर्यटक घटे
  • २०७९ मंसिर ५, सोमबार १५:२५

केहि बर्ष अघि सम्म विदेशी पर्यटकहरुले खचाखच हुने म्याग्दीको प्रमुख पर्यटकीय स्थल पुनहिल क्षेत्रमा पछिल्ला बर्षहरुमा आन्तरिक पर्यटकहरुको आगमन बढ्दो...

TOP