२०८३ असार ११
June 25, 2026, Thursday

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्विप’

कैलाली- कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ ।

Advertisement

अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधर र (ख)मा खुशीराम चौधरी विजयी हुनुभएको हो । घनश्यामले १३ हजार ९२३ मत प्राप्तगरी विजयी हुनुभएको छ भने खुशीरामले सात हजार ५३९ प्राप्त गर्नुभएको छ । उहाँहरुको प्रतिद्वन्दी (क)का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेमराज डगौंरा थारुले ११ हजार ५७२ मत प्राप्त गर्नुभएको छ भने (ख) का गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर साउँदले छ हजार ६१९ मत प्राप्त गर्नु भएको छ ।

Advertisement

प्रदेश (क) मा जम्मा खसेको मत सङ्ख्या ३३ हजार ९२६ रहेकोमा ३२ हजार ३०२ मत सदर भएको छ भने एक हजार ६१७ मत बदर भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदेश (ख)मा जम्मा खसेको मत सङ्ख्या ३० हजार पाँच रहेकोमा २८ हजार १२९ सदरमत रहेको र एक हजार ८७६ बदरमत रहेको जनाइएको छ ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP