२०८० आश्विन १३
September 30, 2023, Saturday

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्विप’

कैलाली- कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ ।

Advertisement

अन्तिम मतपरिणाम अनुसार ३ (क) मा घनश्याम चौधर र (ख)मा खुशीराम चौधरी विजयी हुनुभएको हो । घनश्यामले १३ हजार ९२३ मत प्राप्तगरी विजयी हुनुभएको छ भने खुशीरामले सात हजार ५३९ प्राप्त गर्नुभएको छ । उहाँहरुको प्रतिद्वन्दी (क)का गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेमराज डगौंरा थारुले ११ हजार ५७२ मत प्राप्त गर्नुभएको छ भने (ख) का गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का अम्मरबहादुर साउँदले छ हजार ६१९ मत प्राप्त गर्नु भएको छ ।

Advertisement

प्रदेश (क) मा जम्मा खसेको मत सङ्ख्या ३३ हजार ९२६ रहेकोमा ३२ हजार ३०२ मत सदर भएको छ भने एक हजार ६१७ मत बदर भएको निर्वाचन अधिकृत लक्ष्मीनारायण दाहालले जानकारी दिनुभयो ।

त्यसैगरी, प्रदेश (ख)मा जम्मा खसेको मत सङ्ख्या ३० हजार पाँच रहेकोमा २८ हजार १२९ सदरमत रहेको र एक हजार ८७६ बदरमत रहेको जनाइएको छ ।

Related News

जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
जलजला ४ भवानीपानीमा बन्यो हेलिप्याड
  • २०७९ मंसिर ७, बुधबार १३:१४

FacebookTweetLikeShareLinkedInEmail पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको...

शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
शनीबार खुल्ला मञ्चमा बेनी सास्कृतिक साँझ हुने
  • २०७९ मंसिर ७, बुधबार १३:१४

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको सदरमुकाम बेनीको खुल्लामा मञ्चमा बेनी सास्कृतिक साँझ हुने भएको छ । बेनी साँस्कृतिक साँझमा गायिकका ज्योति मगर, ¥याप...

दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
दग्नाम वैदेशिक सहयोग समिति बहराइनद्धारा गाउँकी बृद्धालाई खाद्यान्न सहयोग
  • २०७९ मंसिर ७, बुधबार १३:१४

FacebookTweetLikeShareLinkedInEmail धनिलाल गर्बुजा Advertisement रोजगारीका सिलसिलामा बहराइनमा रहेका दग्नामीहरुको साझा संस्थाद्धारा अति विपन्न परिवारका बृद्धा महिलालाई दैनिक उपभोग्य खाद्यान्न समाग्री...

TOP