२०८३ जेष्ठ ११
May 25, 2026, Monday

सिके राउत दोब्बरभन्दा बढी मतले निर्वाचित

राजविराज — सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।

Advertisement

राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।

Advertisement

यस्तै, प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २(१)मा सतिशकुमार सिंह निर्वाचित भए । सप्तरी २(२)मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका हुन् ।

अमेरिकाको क्याब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पीएचडी गरेका उनी २०६८ सालमा नेपाल फर्किएका थिए । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।

शान्तिपूर्ण राजनीतिमा आएपछि ‘जनमत पार्टी’ का रूपमा राजनीतिक दल गठन गरेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा सप्तरीमा २ वटा स्थानीय तहमा जनमत पार्टीका उम्मेदवार विजयीसमेत भएका छन् ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ मंसिर ७, बुधबार १६:५५

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ मंसिर ७, बुधबार १६:५५

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ मंसिर ७, बुधबार १६:५५

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP