राजविराज — सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष सिके राउत भारी मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १८ हजार ६३ मतान्तरले पराजित गरेका हुन् ।
राउतले ३५ हजार ४२ मत प्राप्त गरे । पराजित उपेन्द्र यादवले १६ हजार ९७९ मत ल्याए ।
यस्तै, प्रदेश सभातर्फ दुईवटै क्षेत्रमा जनमत पार्टीले विजयी हासिल गरेको छ । सप्तरी २(१)मा सतिशकुमार सिंह निर्वाचित भए । सप्तरी २(२)मा जनमत पार्टीकै महेश यादव निर्वाचित भएका हुन् ।
अमेरिकाको क्याब्रिज विश्वविद्यालयबाट इन्फरमेसन इन्जिनियरिङमा पीएचडी गरेका उनी २०६८ सालमा नेपाल फर्किएका थिए । स्वतन्त्र मधेस गठबन्धनका नाममा तराई मधेसमा स्वतन्त्र मधेस अभियान चलाउँदै आएका सीके राउत २०७५ साल फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका हुन् ।
शान्तिपूर्ण राजनीतिमा आएपछि ‘जनमत पार्टी’ का रूपमा राजनीतिक दल गठन गरेका हुन् । २०७९ को स्थानीय तह निर्वाचनमा सप्तरीमा २ वटा स्थानीय तहमा जनमत पार्टीका उम्मेदवार विजयीसमेत भएका छन् ।
२०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा तत्कालीन नेकपा माओवादी र नेपाली सेनाबिच भएको भिडन्तमा गोली लागेर छियाछिया भएको बिजुलीको...
सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा जारी २१ औं जिल्लास्तरीय अन्तरमावि जेसीज कप फुटवल’ प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सारदा मावि छिस्वाङसहित ५ विद्यालय दोस्रो...
खाडीमुलुक कुवेतबाट फर्किएकी म्याग्दीको बेनी नगरपालिका–९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई मोना कतार बहुद्देश्यीय अक्षय कोषले आर्थिक सहयोग गरेको छ ।...