
कैलाली – कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधी सभातर्फ नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् ।
पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार रहेका पन्तले नेकपा एमालेका नारदमुनीरालाई पराजित गर्दै जित निकाल्न सफल भएका हुन् ।
पन्तले २१ हजार ३९२ मत पाँउदा रानाले २० हजार ३१८ मत पाए । त्यसैगरी प्रदेशसभा १ तर्फ नेकपा माओवादीका रमेशसिंह धामी विजयी भएका छन् ।
गठबन्धनबाटै उम्मेदवार रहेका उनले नेकपा एमालेका नेपालु चौधरीलाई २१३ मतले पराजीत गरेका हुन् ।
कैलाली ५ को प्रदेशसभा २ तर्फ यसअघि नै नेपाली गठबन्धनकै उम्मेदवार कांग्रेसका प्रकाश बहादुर देउवा विजयी भईसकेका छन् ।




