२०८३ जेष्ठ १६
May 30, 2026, Saturday

डोटीमा सर्वाधिक राशिको पालिका स्तरिय भलिबल प्रतियोगिता हुने



डोटी – डोटीमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । एसपिए कपल्लेकी सिल्ड आयोजना समितिको आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म शिखर नगरपालिका वडा नम्बर १, कपल्लेकीमा प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष चेतबहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।

Advertisement


डोटीमा अहिलेसम्मकै ठुलो धनराशिमा प्रतियोगिता हुन थालिएको शिखर नगरपालिका वडा नम्बर १, कपल्लेकीका वडा अध्यक्ष दिपक बोगटीले बताए । सुदूरपश्चिम एकेडेमी धनगढी मुख्य प्रायोजक तथा केदारेश्वर मावि कपल्लेकी सहप्रायोजक रहने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख २५ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ ।

Advertisement


प्रतियोगितामा द्वितीय हुने टिमलाई नगद ५१ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने तथा छ । तृतिय हुने टिमलाई २१ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र दिइने छ । त्यसैगरी प्रतियोगितामा सर्बोउत्कृष्ट खेलाडीलाई नगद ५ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र, वेष्ट स्पाइकर, डिफेन्डर, लिप्टर, ब्लकरलाई जनही दुई हजार पाँच सय नगद, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।


सम्पूर्ण पालिकाले मंसिर २२ गतेभित्रै आफ्नो टिम खेलाडीको नाम सहित दर्ता गरिसक्नुपर्ने बताइएको छ । प्रतियोगितामा ५ वटा टिममात्रै भएमा लिग आउट र सो भन्दा माथि भएमा नकआउट चरणद्वारा खेल खेलाइने आयोजकले जानकारी दिएको छ ।

Related News

म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
म्याग्दी जेसीजको लोक नृत्य प्रतियोगिताको उपाधी बेनी सामुदायिकलाई
  • २०८३ जेष्ठ १६, शनिबार ०७:५१

म्याग्दी जेसीजको २८ औ स्थापना दिवसको अवसर पारेर बेनीमा अन्तर मा.वि जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।...

धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
धुमधामका साथ मनाइयो सात सय वर्ष पुरानो ‘धुले मेला’
  • २०८३ जेष्ठ १६, शनिबार ०३:२८

म्याग्दीको मंगला गाउँपालिका वडा नं ३ र ४ मा पर्ने वरंजामा माछा सिकार गरी पितृलाई चढाउने सात सय वर्ष पुरानो...

म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
म्याग्दीको जलजला : ‘चिनौ जलजला, घुमौं जलजला’
  • २०८३ जेष्ठ १२, मंगलवार १३:३८

म्याग्दीको धवलागिरि गाउँपालिका-२, उपल्लो जलजलालाई घुम्नै पर्ने नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास गर्न प्रसस्तै सम्भावना रहेको सरोकारवाला निकायका प्रतिनिधिले बताएका...

TOP