डोटी – डोटीमा अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिता हुने भएको छ । एसपिए कपल्लेकी सिल्ड आयोजना समितिको आयोजनामा मंसिर २८ गतेदेखि पुस २ गतेसम्म शिखर नगरपालिका वडा नम्बर १, कपल्लेकीमा प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष चेतबहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् ।
डोटीमा अहिलेसम्मकै ठुलो धनराशिमा प्रतियोगिता हुन थालिएको शिखर नगरपालिका वडा नम्बर १, कपल्लेकीका वडा अध्यक्ष दिपक बोगटीले बताए । सुदूरपश्चिम एकेडेमी धनगढी मुख्य प्रायोजक तथा केदारेश्वर मावि कपल्लेकी सहप्रायोजक रहने प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख २५ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतियोगितामा द्वितीय हुने टिमलाई नगद ५१ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने तथा छ । तृतिय हुने टिमलाई २१ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र दिइने छ । त्यसैगरी प्रतियोगितामा सर्बोउत्कृष्ट खेलाडीलाई नगद ५ हजार, मेडल, ट्रफि तथा प्रमाणपत्र, वेष्ट स्पाइकर, डिफेन्डर, लिप्टर, ब्लकरलाई जनही दुई हजार पाँच सय नगद, मेडल, ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
सम्पूर्ण पालिकाले मंसिर २२ गतेभित्रै आफ्नो टिम खेलाडीको नाम सहित दर्ता गरिसक्नुपर्ने बताइएको छ । प्रतियोगितामा ५ वटा टिममात्रै भएमा लिग आउट र सो भन्दा माथि भएमा नकआउट चरणद्वारा खेल खेलाइने आयोजकले जानकारी दिएको छ ।
३० औं जनयुद्ध दिवसको अवसरमा म्याग्दीको बेनीमा बुधबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका सहभागीहरुले समान विचार हुने दलहरुको ध्रुवीकरण, एकता र...
मुस्ताङको लोघेकर–दामोदरकुण्ड गाउँपालिका–४ मा पर्ने यारामा रहेको ऐतिहासिक महत्वको लुरी गुम्बा ओझेलमा परेको छ । धार्मिक, ऐतिहासिक महत्वका बारेमा प्रचारप्रसार...
बागलुङ, सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय...