
दिपायल- मतदान भएको १२औं दिनपछि बाजुरामा मतगणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले गणना सुरु गर्न निर्देशन दिएपछि आज भएको सर्वदलीय बैठकमा जुरेको सहमतिअनुसार मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयको भवनमा मतगणना सुरु भएको छ । बुधबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी भए पनि सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि अन्योलता बढेको थियो । तर, आज ११ बजेको सर्वदलीय बैठकमा एमाले प्रतिनिधिको पनि उपस्थिती भएपछि गणना सुरु गर्न सहमति जुटेको हो ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित नाटेश्वरी मतदान केन्द्र ४ गते मतदानका क्रममा विवाद भएको थियो । सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जिव अयडीको मृत्यु भएको थियो । सोही मतदान केन्द्रमा नेकपा एमालेका तर्फबाट मतदान प्रतिनिधि रहेका अनेरास्ववियुका नेता चेतन अयडीमाथि राति घरमै गएर निर्घात कुटपिट भएको थियो ।
कुटपिटबाट उनको मृत्यु भएपछि विवाद झन बढेको थियो । ४ गते मतदान स्थगित भएको केन्द्रमा १० गते मतदान भएको थियो । अन्य मतदान केन्द्रमा भने ४ गते नै मतदान सम्पन्न भएको थियो । तर, एमाले र कांग्रेसले एकअर्कालाई बुथ कब्जाको आरोप लगाउदै पुनः मतदानको माग गरेका थिए ।
बाजुरामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डे र नेकपा एमालेका कर्ण थापा उमेदवार छन् । त्यस्तै, राप्रपाको जंगकुमार गिरी, जन समाजवादी पार्टी नेपालका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि प्रतिस्पर्धामा छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...