दिपायल- मतदान भएको १२औं दिनपछि बाजुरामा मतगणना सुरु भएको छ । बुधबार निर्वाचन आयोगले गणना सुरु गर्न निर्देशन दिएपछि आज भएको सर्वदलीय बैठकमा जुरेको सहमतिअनुसार मतगणना सुरु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालयको भवनमा मतगणना सुरु भएको छ । बुधबार रातिदेखि नै मतगणना सुरु गर्ने तयारी भए पनि सर्वदलीय बैठकमा एमाले उपस्थित नभएपछि अन्योलता बढेको थियो । तर, आज ११ बजेको सर्वदलीय बैठकमा एमाले प्रतिनिधिको पनि उपस्थिती भएपछि गणना सुरु गर्न सहमति जुटेको हो ।
जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ स्थित नाटेश्वरी मतदान केन्द्र ४ गते मतदानका क्रममा विवाद भएको थियो । सोही क्रममा सुरक्षाकर्मीले चलाएको गोलीले सोही ठाउँका २६ वर्षका सञ्जिव अयडीको मृत्यु भएको थियो । सोही मतदान केन्द्रमा नेकपा एमालेका तर्फबाट मतदान प्रतिनिधि रहेका अनेरास्ववियुका नेता चेतन अयडीमाथि राति घरमै गएर निर्घात कुटपिट भएको थियो ।
कुटपिटबाट उनको मृत्यु भएपछि विवाद झन बढेको थियो । ४ गते मतदान स्थगित भएको केन्द्रमा १० गते मतदान भएको थियो । अन्य मतदान केन्द्रमा भने ४ गते नै मतदान सम्पन्न भएको थियो । तर, एमाले र कांग्रेसले एकअर्कालाई बुथ कब्जाको आरोप लगाउदै पुनः मतदानको माग गरेका थिए ।
बाजुरामा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बद्री प्रसाद पाण्डे र नेकपा एमालेका कर्ण थापा उमेदवार छन् । त्यस्तै, राप्रपाको जंगकुमार गिरी, जन समाजवादी पार्टी नेपालका रामबहादुर शाही र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवाल पनि प्रतिस्पर्धामा छन् ।
FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...
FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...