२०८३ जेष्ठ ११
May 25, 2026, Monday

न्यूनतम साझा कार्यक्रम ल्याउने सत्तागठबन्धनको तयारी, ओली तोकिए संयोजक

काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता साझेदार दलको बैठक सकिएको छ । बैठकले सत्ता साझेदार दलको संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तोकेको छ ।

Advertisement

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, स्वतन्त्र पार्टीका अध्यक्ष तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलगायतका नेताको सहभागी थिए ।

Advertisement

बैठकमा सत्ता बाँडफाँड बारे छलफल र संयोजकमा एमाले अध्यक्ष ओलीलाई तोकिएको सरकारका प्रवक्ता समेत रहेका लामिछानेले बताए । सत्ता साझेदार दलले पाँच दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार गर्नेछ । त्यसको संयोजकमा ओली रहेका हुन् ।

कार्यदललमा सत्ता साझेदार दलका तर्फबाट एक-एक जना सदस्य रहनेछन् । वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न गठन भएकाले पनि केही न केही नयाँ कामको सुरुआत गर्नैपर्छ भन्ने मनसायका साथ आजको बैठकमा छलफल भएको गृहमन्त्री लामिछानेले जानकारी दिए ।

यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तार एवं अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको उनले जानकारी दिए । मन्त्रिपरिषद् विस्तार गर्दा क्षमताका आधारमा काम गर्न सक्ने विज्ञलाई समेटेर विषयगतरूपमा समेत योग्य व्यक्तिलाई पनि समावेश गर्ने विषयमा बैठकमा महत्वपूर्ण विचार-विमर्श भएको थियो । उनले आजको बैठकलाई सुरुआती बैठकका रूपमा लिँदै शुक्रबार पुनः बैठक बस्ने बताए ।

“न्यूनतम साझा कार्यक्रम उद्देश्य प्राप्ति गर्ने लक्ष्यका साथ तयार गर्ने गरी छलफल भएको छ, हामी केका लागि सरकारमा छौँ भन्ने तय गर्न लागिएको छ”, उनले भने । उनले सरकार विस्तार गर्ने काम प्रधानमन्त्रीले विश्वासको मत लिएर गर्ने वा नगर्ने भन्नेभन्दा पनि सबै विषयलाई प्याकेजमा टुङ्गो लगाउने सन्दर्भमा छलफल केन्द्रित रहेको बताए ।

प्रचण्ड सरकारलाई सात दलहरूको समर्थन रहेको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ पुष १४, बिहीबार १२:४४

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ पुष १४, बिहीबार १२:४४

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ पुष १४, बिहीबार १२:४४

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP