गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न" /> गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न" /> गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न – Gandaki Patra
Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न

म्याग्दी : जिल्लाको सदरमुकाम बेनीबजारसँगै जोडिएको गाउँ हो, बगरफाँट। बेनी नगरपालिका वडा नं २ मा पर्ने यो गाउँमा जनजातिको बाहुल्य छ। 

Advertisement

त्यही समुदायमा केही दलित परिवार पनि बस्दै आएका छन्। ती दलित समुदायका व्यक्ति आ–आफ्नो पेशामा रमाएका छन्। कोही बाजा बजाउने पेसा अपनाउँछन्, कोही आरनमा सीप देखाउँछन् त कोही ज्याला मजदुरी गरेरै भए पनि परिवारको राम्रो व्यवस्थापन गरेका छन्। तर, त्यही समुदायमा बस्ने ६१ वर्षीय भीमबहादुर विकको कथा बेग्लै छ। ​

Advertisement

विकको दिनचर्या गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ। गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, भीमबहादुर गाउँभर सूचना पुर्‍याउन व्यस्त रहन्छन्। 

२०७३ सालमा गाउँलेले कटुवाल काम गर्ने गरी छनोट गरेपछि विक गाउँका सम्बन्धित ठाउँमा खबर प्रवाहका लागि खटिइरहन्छन्।

सदरमुकामसँगै जोडिएकोले  यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन। गाउँमा इन्टरनेट, विद्युत, मोबाइल, टेलिभिजन,पत्रपत्रिका, रेडियोलगायतका सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ भएको हो। तर, यसरी खटिँदा पनि उनको पारिश्रमिक भने अत्यन्त न्यून छ।

बगरफाँटमा १९७ घरधुरी छन्। ती मध्ये बसाइँसराइका कारण कैयौं घर खाली छन् भने कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन्। बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर २ पाथी अन्न मात्र पाउने गरेको छन्।

भीमबहादुर विशेषगरी गाउँको सरसफाइमा प्रत्येक हप्ताको शनिवार समुदायलाई जुटाउने काम गर्छन्। यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा पनि उनकै हुन्छ।

म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायम नै छ। सूचना सञ्चारको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लैजानेतर्फ कसैको पनि ध्यान पुग्न नसकेको म्याग्दीका पत्रकार हरिकृष्ण गौतम बताउछन्।

पारिश्रमिकले जीविका चलाउन मुस्किल भइरहेको कटुवाल विकको गुनासो छ। ‘अन्य पेशा र विकल्प नभएपछि थोरै भए पनि गुजाराका लागि बाबुबाजेले गर्दै आएको पेशा निरन्तरता दिँदै आएको छु’, उनले भने, ‘गाउँले पनि मेरो काम देखेर खुशी छन्।

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP