गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न" /> गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न" /> गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न – Gandaki Patra
२०८३ श्रावण ११
July 27, 2026, Monday

गाउँमा वर्षभरि सूचना पुर्‍याएको ज्याला दुई पाथी अन्न

म्याग्दी : जिल्लाको सदरमुकाम बेनीबजारसँगै जोडिएको गाउँ हो, बगरफाँट। बेनी नगरपालिका वडा नं २ मा पर्ने यो गाउँमा जनजातिको बाहुल्य छ। 

Advertisement

त्यही समुदायमा केही दलित परिवार पनि बस्दै आएका छन्। ती दलित समुदायका व्यक्ति आ–आफ्नो पेशामा रमाएका छन्। कोही बाजा बजाउने पेसा अपनाउँछन्, कोही आरनमा सीप देखाउँछन् त कोही ज्याला मजदुरी गरेरै भए पनि परिवारको राम्रो व्यवस्थापन गरेका छन्। तर, त्यही समुदायमा बस्ने ६१ वर्षीय भीमबहादुर विकको कथा बेग्लै छ। ​

विकको दिनचर्या गाउँका अधिकांश डाँडाकाँडा दगुर्दैमा बित्छ। गाउँमा कोही नयाँ पाहुनाको उपस्थित हुँदा होस् या भेला बैठक र सरसफाइको ‘झारा’ लगाउने कार्यक्रम किन नहोस्, भीमबहादुर गाउँभर सूचना पुर्‍याउन व्यस्त रहन्छन्। 

२०७३ सालमा गाउँलेले कटुवाल काम गर्ने गरी छनोट गरेपछि विक गाउँका सम्बन्धित ठाउँमा खबर प्रवाहका लागि खटिइरहन्छन्।

सदरमुकामसँगै जोडिएकोले  यो गाउँ सूचनाको पहुँचबाट भने टाढा छैन। गाउँमा इन्टरनेट, विद्युत, मोबाइल, टेलिभिजन,पत्रपत्रिका, रेडियोलगायतका सञ्चारका सबै सुविधा भए पनि चलिआएको परम्परागत कटुवाल प्रथा कायमै रहँदा भीमबहादुरलाई भ्याइनभ्याइ भएको हो। तर, यसरी खटिँदा पनि उनको पारिश्रमिक भने अत्यन्त न्यून छ।

बगरफाँटमा १९७ घरधुरी छन्। ती मध्ये बसाइँसराइका कारण कैयौं घर खाली छन् भने कतिपय घरमा गाउँ बाहिरबाट आएका मानिस भाडामा बसेका छन्। बसोबास गर्नेहरूबाट विकले वर्षभरको ज्याला प्रतिघर २ पाथी अन्न मात्र पाउने गरेको छन्।

भीमबहादुर विशेषगरी गाउँको सरसफाइमा प्रत्येक हप्ताको शनिवार समुदायलाई जुटाउने काम गर्छन्। यसैगरी गाउँमा पाहुना आउने खबर र भेला बैठकका लागि पनि समुदायलाई सूचना पुर्‍याउने जिम्मा पनि उनकै हुन्छ।

म्याग्दीका ६ वटै स्थानीय तहका प्रायः सबै गाउँमा अझै पनि कटुवाल प्रथा कायम नै छ। सूचना सञ्चारको पहुँच विस्तार गरी परम्परागत प्रथालाई आधुनिकीरण गर्दै लैजानेतर्फ कसैको पनि ध्यान पुग्न नसकेको म्याग्दीका पत्रकार हरिकृष्ण गौतम बताउछन्।

पारिश्रमिकले जीविका चलाउन मुस्किल भइरहेको कटुवाल विकको गुनासो छ। ‘अन्य पेशा र विकल्प नभएपछि थोरै भए पनि गुजाराका लागि बाबुबाजेले गर्दै आएको पेशा निरन्तरता दिँदै आएको छु’, उनले भने, ‘गाउँले पनि मेरो काम देखेर खुशी छन्।

Related News

जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
जन्मदिनमा गलेश्वर ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग
  • २०८३ श्रावण ११, सोमबार ०९:३३

म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, ऋषिनचौतारी निवासी प्रकाश केसीले आफ्नो जन्मदिनको अवसर पारेर गलेश्वरस्थित श्री गलेश्वरधाम ज्येष्ठ नागरिक आश्रमलाई आर्थिक सहयोग प्रदान...

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

TOP