२०८३ असार ११
June 25, 2026, Thursday

दर खोला हाइड्रो ६.५ मेगावाटको आयोजना निर्माण गर्दै

दर खोला हाइड्रो पावरले ६.५ मेगावाटको दर खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले अध्ययन पुरा भएको यस आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको हो । 

Advertisement

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर ३ साबिक मुना गाविस अन्तर्गत उक्त मेगावाटको आयोजना निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट अनुमति प्राप्त हुने लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ । 

Advertisement

आयोजना निर्माण तथा सञ्चालन गर्दा यसबाट पर्न सक्ने प्रतिकुल असका विषयमा सरोकारवालसँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको हाे । 

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको बिजाइन बहाव १.४४ घनमिटर प्रति सेकेन्ड र कुल हेड ५४८ मिटर

हुनेछ । आयोजनाबाट वार्षिक सरदर ३५.९८ गिगावाट घण्टा विद्युत उत्पादन हुनने अध्ययनले देखाएको छ । 

आयोजनाको मुख्या संरचनाहरु दर खोलाको बायाँ किनारमा पर्दछन् भने आयोजनाको हेडवक्र्स धवलागिरी गाउँपालिका वडा नम्बर ३ मा पर्दछ । दर खोलाको पानीलाई १२.१७ मिटर लामो र १ मिटर उचाईको डाइभर्सन वाएर निर्माण गरी ३ वटा साइड इन्टेक पाइपबाट जम्मा गरिनेछ । यसरी जम्मा गरेको पानी सतही विद्युत गृहमा पुर्याइनेछ । 

विद्युतगृह नजिकै स्वीचयार्ड निर्माण गरिनेछ र ७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन मार्फत डाँडाखेतमा प्रस्तावित सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

यो आयोजनाबाट ३ वर्षपछि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा  उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ ।

Related News

म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
म्याग्दीको अन्नपूर्णले पारित ग¥यो ६१ करोड १४ लाखको बजेट, कृषि–पर्यटन र पूर्वाधारमा जोड
  • २०८३ असार १०, बुधबार १५:२१

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६१ करोड १४ लाख ६९ हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित...

पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
पूर्वाधारलाई प्राथमिकता दिँदै धवलागिरिले ल्यायो ४८ करोड ५२ लाखको बजेट
  • २०८३ असार १०, बुधबार १३:३९

म्याग्दीको धवलागिरी गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि रु ४८ करोड ५२ लाख तीन हजारको...

समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
समृद्ध बेनी निर्माणका लागि सुशासन, पारदर्शिता र जनविश्वास बलियो बनाउनुपर्छ : श्रेष्ठ
  • २०८३ असार ९, मंगलवार १६:४७

म्याग्दीको बेनी नगरपालिकाको नगरसभामा वडा नम्बर ७ वडा सदस्य तथा सुशासन उपसमिति संयोजक सोहन श्रेष्ठ (विश्वास)ले पारदर्शिता, गुणस्तरीय सेवा प्रवाह,...

TOP