२०८० मंसिर १७
December 3, 2023, Sunday

दर खोला हाइड्रो ६.५ मेगावाटको आयोजना निर्माण गर्दै

दर खोला हाइड्रो पावरले ६.५ मेगावाटको दर खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले अध्ययन पुरा भएको यस आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन विद्युत विकास विभागमा आवेदन दिएको हो । 

Advertisement

म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका वडा नम्बर ३ साबिक मुना गाविस अन्तर्गत उक्त मेगावाटको आयोजना निर्माण अनुमतिका लागि विभागमा आवेदन दिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विभागबाट अनुमति प्राप्त हुने लगतै आयोजना निर्माणको काम सुरु गरिनेछ । 

Advertisement

आयोजना निर्माण तथा सञ्चालन गर्दा यसबाट पर्न सक्ने प्रतिकुल असका विषयमा सरोकारवालसँग राय/सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दै उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको हाे । 

नदी प्रवाहमा आधारित (रन अफ रिभर) प्रकारको आयोजनाको बिजाइन बहाव १.४४ घनमिटर प्रति सेकेन्ड र कुल हेड ५४८ मिटर

हुनेछ । आयोजनाबाट वार्षिक सरदर ३५.९८ गिगावाट घण्टा विद्युत उत्पादन हुनने अध्ययनले देखाएको छ । 

आयोजनाको मुख्या संरचनाहरु दर खोलाको बायाँ किनारमा पर्दछन् भने आयोजनाको हेडवक्र्स धवलागिरी गाउँपालिका वडा नम्बर ३ मा पर्दछ । दर खोलाको पानीलाई १२.१७ मिटर लामो र १ मिटर उचाईको डाइभर्सन वाएर निर्माण गरी ३ वटा साइड इन्टेक पाइपबाट जम्मा गरिनेछ । यसरी जम्मा गरेको पानी सतही विद्युत गृहमा पुर्याइनेछ । 

विद्युतगृह नजिकै स्वीचयार्ड निर्माण गरिनेछ र ७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइन मार्फत डाँडाखेतमा प्रस्तावित सबस्टेसन हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ । 

यो आयोजनाबाट ३ वर्षपछि विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा भू–क्षय, वायु प्रदुषण आदिद्वारा वातावरणमा  उल्लेखनीय असर नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ ।

Related News

८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
८० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य सहित गण्डकीको भौतिक मन्त्रालयले बजेट कार्यान्वयन कार्ययोजना बनायो  
  • २०७९ पुष २४, आईतवार १२:२१

घोडेपानी, गण्डकी प्रदेशको भौतिक पूूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बजेट कार्यान्वयन सुधार गर्न कार्ययोजना बनाएको छ । प्रदेश सरकारको...

मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन
  • २०७९ पुष २४, आईतवार १२:२१

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा एक हप्ते मुडा बुनाई तालिम सञ्चालन भएको छ । रघुगंगा गाउँपालिकाको सहयोगमा मौवाफाँट सामुदायिक सिकाई केन्द्रको...

दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
दग्नाममा हेलिकप्पटरबाट गर्भवतिको उद्धार
  • २०७९ पुष २४, आईतवार १२:२१

म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा एक जना गर्भवतिको हेलिकप्टरबाट उद्धार गरिएको छ । Advertisement प्रसुति ब्यथा लागेर छटपटिएकी दग्नामकी ३७ वर्षीय...

TOP