Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ७
September 23, 2026, Wednesday

छन्त्यालको छारम्हेङ तथा म्हिलाङे पर्व सुरु, वडा स्तरिय भलिबल प्रतियोगिता

Advertisement

छन्त्याल जातिको एतिहासिक पहिचान बोकेको राष्ट्रिय चाड छारम्हेङ तथा म्हिलाङे सोङ्ति पर्व २०७९ सुरु भएको छ । पर्वको अवसर पारेर नेपाल छन्त्याल संघले अन्तर छन्त्याल संघ वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै छन्त्याल संघका केन्द्रिय अध्यक्ष मनमोहन बुढाथाकी छन्त्यालले र नेपाल छन्त्याल संघ तारा समितिका अध्यक्ष तम बहादुर बुढाथोकी छन्त्यालले गर्नुभएको थियो ।

Advertisement

कार्यक्रमको उद्घाट गर्दै अध्यक्षद्धयले अहिलेको अबस्थामा छन्त्याल जाती संख्याका हिसाबले कम भएतापनि देशको विकास र संस्कृतिको हिसावले सबै भन्दा माथी भएको बताउनुभयो । उहाँहरुले आफ्नो जातीको कला संस्कृती र परम्परालाई नयाँ पुस्ताहरु माझ पनि पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो । पछिल्लो समय युवा पुस्तामा आफ्नो पुर्खाको कला संस्कृती लोप हुने अबस्थामा पुगेको चिन्ता समेत व्यक्त गर्नुभयो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा म्याग्दी,बाग्लुङ गरि १२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अवधिभर नेपाल छन्त्याल महिला संघ केन्द्रीय समितीले छन्त्याल हरुको मौलिक पहिचान बोकेको नाच मामाजुरे र डाफे नाच र नेपाल छन्त्याल बिधार्थी सघंद्धारा विविध सास्कृती कार्यक्रम प्रस्तुत गर्नेछन् ।

बिगत बर्ष झै यस बर्ष पनि प्रतियोगिताका लागि स्वदेश तथा बिदेशमा रहनुहुने छन्त्याल आमाबुबा दाजुभाइ तथा दिदिबहिनि हरुबाट सहयोग भैरहेको नेपाल छन्त्याल संघ केन्द्रीय समितिका सचिब तथा माघेमेला २०७९ मुल आयोजक समितिका कोषाअध्यक्ष सोम छन्त्याल्ले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी,बाग्लुङ महिला खुल्ला महिला भलिबल प्रतियोगिता को नामदर्ता यथावत रहेको छ ।

मेलामा अन्य प्रतियोगिताहरु समेत रहने नेपाल छन्त्याल युवा संघका अध्यक्ष तथा माघेमेला २०७९ मुल आयोजक समितिका सयोजक घन बहादुर तथप्जा छन्त्यालले जानकारी दिनुभयो । सोमबारदेखि सुरु भएको मेला माघ १ गते विभिन्न सांस्कृतिको साथमा अन्य कार्यक्रम गरेर समापन हुनेछ । विचविचमा छन्त्याल विद्यार्थी संघद्धारा सांस्कृतिक कार्यक्रम समेत रहेको छ । करिब एक साता लामो आयोजना हुने मेलाको माघ १ गते कुल (पृति) चढाउने चलन छ ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP