२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

छन्त्यालको छारम्हेङ तथा म्हिलाङे पर्व सुरु, वडा स्तरिय भलिबल प्रतियोगिता

Advertisement

छन्त्याल जातिको एतिहासिक पहिचान बोकेको राष्ट्रिय चाड छारम्हेङ तथा म्हिलाङे सोङ्ति पर्व २०७९ सुरु भएको छ । पर्वको अवसर पारेर नेपाल छन्त्याल संघले अन्तर छन्त्याल संघ वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै छन्त्याल संघका केन्द्रिय अध्यक्ष मनमोहन बुढाथाकी छन्त्यालले र नेपाल छन्त्याल संघ तारा समितिका अध्यक्ष तम बहादुर बुढाथोकी छन्त्यालले गर्नुभएको थियो ।

Advertisement

कार्यक्रमको उद्घाट गर्दै अध्यक्षद्धयले अहिलेको अबस्थामा छन्त्याल जाती संख्याका हिसाबले कम भएतापनि देशको विकास र संस्कृतिको हिसावले सबै भन्दा माथी भएको बताउनुभयो । उहाँहरुले आफ्नो जातीको कला संस्कृती र परम्परालाई नयाँ पुस्ताहरु माझ पनि पु¥याउनुपर्नेमा जोड दिनुभएको थियो । पछिल्लो समय युवा पुस्तामा आफ्नो पुर्खाको कला संस्कृती लोप हुने अबस्थामा पुगेको चिन्ता समेत व्यक्त गर्नुभयो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा म्याग्दी,बाग्लुङ गरि १२ टिमले सहभागिता जनाएका छन् । प्रतियोगिता अवधिभर नेपाल छन्त्याल महिला संघ केन्द्रीय समितीले छन्त्याल हरुको मौलिक पहिचान बोकेको नाच मामाजुरे र डाफे नाच र नेपाल छन्त्याल बिधार्थी सघंद्धारा विविध सास्कृती कार्यक्रम प्रस्तुत गर्नेछन् ।

बिगत बर्ष झै यस बर्ष पनि प्रतियोगिताका लागि स्वदेश तथा बिदेशमा रहनुहुने छन्त्याल आमाबुबा दाजुभाइ तथा दिदिबहिनि हरुबाट सहयोग भैरहेको नेपाल छन्त्याल संघ केन्द्रीय समितिका सचिब तथा माघेमेला २०७९ मुल आयोजक समितिका कोषाअध्यक्ष सोम छन्त्याल्ले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दी,बाग्लुङ महिला खुल्ला महिला भलिबल प्रतियोगिता को नामदर्ता यथावत रहेको छ ।

मेलामा अन्य प्रतियोगिताहरु समेत रहने नेपाल छन्त्याल युवा संघका अध्यक्ष तथा माघेमेला २०७९ मुल आयोजक समितिका सयोजक घन बहादुर तथप्जा छन्त्यालले जानकारी दिनुभयो । सोमबारदेखि सुरु भएको मेला माघ १ गते विभिन्न सांस्कृतिको साथमा अन्य कार्यक्रम गरेर समापन हुनेछ । विचविचमा छन्त्याल विद्यार्थी संघद्धारा सांस्कृतिक कार्यक्रम समेत रहेको छ । करिब एक साता लामो आयोजना हुने मेलाको माघ १ गते कुल (पृति) चढाउने चलन छ ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ पुष २५, सोमबार १५:०८

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ पुष २५, सोमबार १५:०८

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ पुष २५, सोमबार १५:०८

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP