२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

दरबाङमा केबि एकेडेमीद्धारा छैठौ करबिर मेमोरियल कप सुरु

म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङमा छैठौ पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप सुरु भएको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।प्रतियोगिताको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष गर्बुजाले विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले प्रतिभाको पहिचान सहित खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले खेलकुद र शिक्षालाई हरेक विद्यालयले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सोही अवसरमा वडा अध्यक्ष पथबहादुर रोका, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोम केसी, शिक्षा शाखा प्रमुख अशोक रिजाल, जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुबेदी लगायत स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, अभिभावकको सहभागिता रहेको थियो ।केबि एकेडेमीको खेल मैदानमा पालिकास्तरीय भलिबल प्रतियोगितामा ८ टिम,जिल्लास्तरीय फुटसलमा १७ टिमको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल विमल शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबलको विजेता र उपविजेताले क्रमश ३५ हजार, २० हजार र फुटलसको विजेता र उपविजेताले २५ हजार र १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालयका प्रबन्ध निर्देशक हिरा पुन, स्वागत प्रिन्सिपल बिमल शर्मा र सञ्चालन शिक्षक मिनबहादुर सुनारले गर्नुभएको थियो ।

Advertisement

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP