२०८२ असार २
June 16, 2025, Monday

दरबाङमा केबि एकेडेमीद्धारा छैठौ करबिर मेमोरियल कप सुरु

म्याग्दीको मालिका गाउँपालिका-६ दरबाङमा छैठौ पालिका तथा जिल्ला स्तरिय अन्तरमावि करबिर मेमोरियल कप सुरु भएको छ । दरबाङ्ग स्थित केबि एकेडेमी एण्ड बोर्डिङ्ग स्कुलको आयोजनामा सुरु भएको प्रतियोगिताको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले गर्नुभएको थियो ।प्रतियोगिताको उद्घाटन गदैं गाउँपालिका अध्यक्ष गर्बुजाले विद्यालयस्तरमा आयोजना हुने प्रतियोगिताले प्रतिभाको पहिचान सहित खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले खेलकुद र शिक्षालाई हरेक विद्यालयले प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सोही अवसरमा वडा अध्यक्ष पथबहादुर रोका, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सोम केसी, शिक्षा शाखा प्रमुख अशोक रिजाल, जनप्रिय माविका प्रधानध्यापक दिवाकर सुबेदी लगायत स्थानीय सरोकारवाला निकायका प्रतिनिधि, अभिभावकको सहभागिता रहेको थियो ।केबि एकेडेमीको खेल मैदानमा पालिकास्तरीय भलिबल प्रतियोगितामा ८ टिम,जिल्लास्तरीय फुटसलमा १७ टिमको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल विमल शर्माले जानकारी दिनुभयो ।

प्रतियोगितामा भलिबलको विजेता र उपविजेताले क्रमश ३५ हजार, २० हजार र फुटलसको विजेता र उपविजेताले २५ हजार र १५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। उद्घाटन कार्यक्रमको अध्यक्षता विद्यालयका प्रबन्ध निर्देशक हिरा पुन, स्वागत प्रिन्सिपल बिमल शर्मा र सञ्चालन शिक्षक मिनबहादुर सुनारले गर्नुभएको थियो ।

Advertisement

Related News

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा म्याग्दी दोस्रो
  • २०७९ पुष २६, मंगलवार १३:४४

६ औं गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको प्रतियोगितामा कास्की प्रथम र म्याग्दी दोस्रो भएको छ । सोमबार र मंगलबार गोरखामा...

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट
  • २०७९ पुष २६, मंगलवार १३:४४

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ ।...

अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
अपर म्याग्दी–१ जलविद्युत आयोजनाको पावरहाउस तर्फको सुरुङ निर्माण शुरु
  • २०७९ पुष २६, मंगलवार १३:४४

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा निर्माणधिन (५३.५ मेगावाट) मेगावाट क्षमताको माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको पावर हाउन तर्फबाट पनि सुरुङ निर्माण कार्य...

TOP