२०८३ श्रावण ९
July 25, 2026, Saturday

निर्माण व्यवसायी संघ म्याग्दीको ११ औँ एकता अधिवेशन फागुन अन्तिममा हुने

निर्माण व्यवसायी संघ म्याग्दीको २२ औँ साधारणसभा तथा ११ औँ एकता अधिवेशन आगामी फागुन २७ गते आयोजना हुने भएको छ ।

Advertisement

मंगलबार बसेको संघको कार्यसमितिको बैठकले आगामी फागुन २७ गते जिल्ला सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

यसअघि नारायण जिसी र गोपाल भट्टचनको अध्यक्षतामा गठन गरिएको संघको छुट्टाछुट्टै कार्य समितिले संयुक्त रुपमा एकता अधिवेशन सम्पन्न गर्न लागेको हो ।

संघमा भएको विवादलाई पूर्ण रुपमा सुल्झाउदै एकताको सन्देश प्रवाह गर्ने गरि आयोजना गर्न लागिएको अधिवेशन भव्य रुपमा सफल बनाउनका लागि नारायण जिसीको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।

उक्त समितिमा संघका साविकका दुवै समितिको तर्फबाट सदस्यहरु चयन गरिएको छ । एकता अधिवेशनलाई भव्य रुपमा सफल पार्नका लागि उक्त अधिवेशन व्यवस्थापन समितिबाट विभिन्न उपसमितिहरु निर्माण गरि तयारी थालिएको निरज भण्डारीले जानकारी दिनुभयो ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP