२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

निर्माण व्यवसायी संघ म्याग्दीको ११ औँ एकता अधिवेशन फागुन अन्तिममा हुने

निर्माण व्यवसायी संघ म्याग्दीको २२ औँ साधारणसभा तथा ११ औँ एकता अधिवेशन आगामी फागुन २७ गते आयोजना हुने भएको छ ।

Advertisement

मंगलबार बसेको संघको कार्यसमितिको बैठकले आगामी फागुन २७ गते जिल्ला सदरमुकाम बेनीमा रहेको संघको सभाहलमा अधिवेशन आयोजना गर्ने निर्णय गरेको हो ।

Advertisement

यसअघि नारायण जिसी र गोपाल भट्टचनको अध्यक्षतामा गठन गरिएको संघको छुट्टाछुट्टै कार्य समितिले संयुक्त रुपमा एकता अधिवेशन सम्पन्न गर्न लागेको हो ।

संघमा भएको विवादलाई पूर्ण रुपमा सुल्झाउदै एकताको सन्देश प्रवाह गर्ने गरि आयोजना गर्न लागिएको अधिवेशन भव्य रुपमा सफल बनाउनका लागि नारायण जिसीको संयोजकत्वमा १५ सदस्यीय अधिवेशन व्यवस्थापन समिति गठन गरिएको छ ।

उक्त समितिमा संघका साविकका दुवै समितिको तर्फबाट सदस्यहरु चयन गरिएको छ । एकता अधिवेशनलाई भव्य रुपमा सफल पार्नका लागि उक्त अधिवेशन व्यवस्थापन समितिबाट विभिन्न उपसमितिहरु निर्माण गरि तयारी थालिएको निरज भण्डारीले जानकारी दिनुभयो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ माघ १७, मंगलवार १६:१७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ माघ १७, मंगलवार १६:१७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ माघ १७, मंगलवार १६:१७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP