२०८३ भाद्र ३१
September 16, 2026, Wednesday

धवलागिरीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन

म्याग्दीको धवलागिरी गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङमा रहेको हेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले विद्यालय तहमा लुकेर रहेका खेल प्रतिभाको पहिचानका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिलाई स्वस्थ रहन समेत सहयोग पुग्ने भएकाले विद्यार्थीहरुले अध्ययन संगै खेलक्षेत्रमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका ११ वटा मध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।

https://youtube.com/watch?v=QvTw1EJOOpA%3Ffeature%3Doembed

प्रतियोगितामा छात्र÷छात्रा भलिबल , एथलेटिक्स र उफ्रने र फ्याक्ने फिल्ड विद्याका २३ वटा इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्र पोखरेल, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, वडा नम्बर ७ का वडा अध्यक्ष अशोक खत्री लगायतले धौलागिरि गाउँपालिकामा खेल क्षेत्रमा नयाँ खेलाडीहरुको उत्पादन हुने क्रम बढ्दो रहेको र यस प्रतियोगिताले विद्यालय स्तरमा लुकेका खेल प्रतिभाको पहिचानमा सहयोग पुग्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, हेम माविका प्रअ शेरबहादुर केसीको स्वागत र नगेन्द्र मल्लको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गर्नुभएको थियो ।                   

Advertisement

Related News

जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
जोमसोममा घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
  • २०८३ भाद्र ३०, मंगलवार ०८:३७

मुस्ताङको सदरमुकाम जोमसोममा मङ्गलबारदेखि घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३ सुरु भएको छ। हिमालदेखि जनजीवनसम्म परेको जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र...

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

TOP