Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ कार्तिक १५
October 31, 2026, Saturday

धवलागिरीमा तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन

म्याग्दीको धवलागिरी गाउँपालिकामा तेस्रो अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । वडा नम्बर ७ शिवाङमा रहेको हेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको उक्त प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै जिसस प्रमुख थापाले विद्यालय तहमा लुकेर रहेका खेल प्रतिभाको पहिचानका लागि प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । उहाँले खेलकुदले व्यक्तिलाई स्वस्थ रहन समेत सहयोग पुग्ने भएकाले विद्यार्थीहरुले अध्ययन संगै खेलक्षेत्रमा समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
प्रतियोगितामा गाउँपालिकाभित्रका ११ वटा मध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ५० हजारको साथमा रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ । त्यसैगरि द्धितिय र तृतिय हुनेलाई क्रमशः नगद रु ३० हजार र २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जनाइएको छ ।

https://youtube.com/watch?v=QvTw1EJOOpA%3Ffeature%3Doembed

प्रतियोगितामा छात्र÷छात्रा भलिबल , एथलेटिक्स र उफ्रने र फ्याक्ने फिल्ड विद्याका २३ वटा इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराईने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी राजेन्द्र पोखरेल, गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुन, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, वडा नम्बर ७ का वडा अध्यक्ष अशोक खत्री लगायतले धौलागिरि गाउँपालिकामा खेल क्षेत्रमा नयाँ खेलाडीहरुको उत्पादन हुने क्रम बढ्दो रहेको र यस प्रतियोगिताले विद्यालय स्तरमा लुकेका खेल प्रतिभाको पहिचानमा सहयोग पुग्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष पुनको अध्यक्षता, हेम माविका प्रअ शेरबहादुर केसीको स्वागत र नगेन्द्र मल्लको सञ्चालनमा उद्घाटन समारोह सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक र विद्यार्थीहरुले नृत्य र गीत प्रस्तुत गर्नुभएको थियो ।                   

Advertisement

Related News

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
  • २०८३ कार्तिक १४, शुक्रबार ०१:०४

यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ ।पाउद्धारसहित अन्नपूर्ण गाउँपालिकाको...

दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
दरबाङ बजारमा सडक कालोपत्रे, फेरियो बजारको स्वरूप
  • २०८३ आश्विन २८, बुधबार ११:०९

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजार क्षेत्रको सडक कालोपत्रे गरिएको छ। जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको...

बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
बेनीको न्यूरोडमा खुल्यो अल्टिमाको आधिकारिक स्टोर, ग्राहकलाई थाइल्यान्ड भ्रमणदेखि स्कुटरसम्मको अफर
  • २०८३ आश्विन २८, बुधबार ०७:१४

म्याग्दी । अडियो तथा वेयरेबल ब्रान्ड अल्टिमा लाइफस्टाइलले साविक धौलागिरि क्षेत्रका ग्राहकलाई लक्षित गर्दै म्याग्दीको बेनी नगरपालिका–८, न्यूरोडमा आफ्नो आधिकारिक...

TOP