२०८३ भाद्र ९
August 25, 2026, Tuesday

गण्डकी मुख्यमन्त्री कप : अरुणाको कप्तानीमा म्याग्दी फाइनलमा

गण्डकी प्रदेश मुख्यमन्त्री कप २०७९ मा महिला तर्फ म्याग्दी र पर्वत तथा पुरुषतर्फ बाग्लुङ फाइनमा प्रवेश गरेका छन् । राष्ट्रिय महिला भलिबल कप्तान अरुणा शाहीको कप्तानीमा कोर्टमा उत्रेको म्याग्दीले स्याङ्जालाई सिधा सेटमा पराजित गरेको हो । म्याग्दीले २५–१२, २५–२३, २५–१० अंकले स्याङ्जालाई पराजित गरेको हो ।

Advertisement

यस्तै महिला तर्फ नै पर्वतले तनहुलाई २५–११, २५–१४, २५–१९ अंकले पराजित गर्दै म्याग्दीसगँको भेट पक्का गरेको टेक्निकल प्रमुख नारायणबहादुर भण्डारीले जानाकारी दिनुभयो ।

यस्तै पुरुष तर्फ बाग्लुङले तनहुलाई प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित गरेको हो । बाग्लुङले १८–२५, १८–२५, २५–१५, २५–१९, १७–१५ को जित निकालेको हो । पहिलो दुई सेटमा पराजित भएको बाग्लुङ खेलमा फर्कदै पछिल्ला तिन खेल जित्दै फाइनको यात्रा तय गरेको हो ।

प्रदेश स्थापना दिवस पारेर गण्डकी खेलकुद परिषदले खेलाएको प्रतियोगितामा पुरुषतर्फ ११ जिल्ला र महिलातर्फ मनाङ बाहेकका १० जिल्लाको सहभागिता रहेको छ ।

फागुन ३ गते सम्म संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला प्रथमले एक लाख ५० हजार, द्धितियले एक लाख र तृतियले ५० हजार रुपियाँ सहित कप, मेडल र प्रमाणपत्र हात पार्ने छन् ।  खेलमा सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपियाँ पाउदाँ बिधागत स्पाइकर, सेटर, सरभर, ब्लकर, डिफेण्डरले १०/१० हजार रुपियाँ पाउने खलकुद परिषदका प्रमुख टोपलाल भुसालले बताउनुभयो । 

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP