गण्डकी प्रदेश स्थापनाको अवसरमा आयोजित प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितको छ । बुधबार गण्डकी प्रदेश अन्तर्गतको स्याङ्जा जिल्लामा सम्पन्न फाइनल खेलमा पर्वतलाई साझो ३ सेटमा पराजित गर्दै म्याग्दी महिला भलिबल टिमले उपाधी जितेको हो ।
राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत रहनुभएकी म्याग्दी जिल्लाका खेलाडी अरुणा शाहीको कप्तानीमा खेलमैदानमा उत्रिएको म्याग्दीले पर्वतलाई १४–२५, १६–२५ र १९–२५ अंकका साथ पराजित गरेको मुख्य प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो ।
उपाधी विजेता म्याग्दीले १ लाख ५० हजार र उपविजते पर्वतले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगिताका सर्वोत्कुष्ट खेलाडी म्याग्दी टिमबाट अरुणा शाही, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर मनिषा तिलिजा र वेष्ट कोच मलिन रोका घोषित हुनुभएको छ ।
सवोत्कृष्ट खेलाडी शाहीले १५ हजार नगद पुरस्कार पाप्त गर्नुभएको छ । त्यस्तै वेष्ट सेटर घर्ति, वेष्ट ब्लकर तिलिजा र वेष्ट कोच रोकाले जनही १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नुभएको म्याग्दी जिल्ला भलिबल संघका महासचिव समेत रहनुभएका प्रतियोगिताका टिम व्यवस्थापक तथा सहायक कोच कुमार किसानले जानकारी दिनुभयो ।
यो संगै म्याग्दी महिला भलिबल टिम लगातार दास्रो पटक च्याम्पियन बनेको हो । दुई वर्ष अगाडी पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय पहिलो मुख्यपन्त्री कपमा पनि म्याग्दी च्याम्पियन बनेको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...
म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...
बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ । Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...