२०७९ चैत्र १५
March 29, 2023, Wednesday

गण्डकी प्रदेशस्तरी मुख्यमन्त्री कप महिला भलिबलमा म्याग्दी च्याम्पियन

गण्डकी प्रदेश स्थापनाको अवसरमा आयोजित प्रदेश स्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी म्याग्दीले जितको छ । बुधबार गण्डकी प्रदेश अन्तर्गतको स्याङ्जा जिल्लामा सम्पन्न फाइनल खेलमा पर्वतलाई साझो ३ सेटमा पराजित गर्दै म्याग्दी महिला भलिबल टिमले उपाधी जितेको हो ।

Advertisement

राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत रहनुभएकी म्याग्दी जिल्लाका खेलाडी अरुणा शाहीको कप्तानीमा खेलमैदानमा उत्रिएको म्याग्दीले पर्वतलाई १४–२५, १६–२५ र १९–२५ अंकका साथ पराजित गरेको मुख्य प्रशिक्षक मलिन रोकाले जानकारी दिनुभयो ।

Advertisement

उपाधी विजेता म्याग्दीले १ लाख ५० हजार र उपविजते पर्वतले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगिताका सर्वोत्कुष्ट खेलाडी म्याग्दी टिमबाट अरुणा शाही, वेष्ट सेटर रेविना घर्ति, वेष्ट ब्लकर मनिषा तिलिजा र वेष्ट कोच मलिन रोका घोषित हुनुभएको छ ।

सवोत्कृष्ट खेलाडी शाहीले १५ हजार नगद पुरस्कार पाप्त गर्नुभएको छ । त्यस्तै वेष्ट सेटर घर्ति, वेष्ट ब्लकर तिलिजा र वेष्ट कोच रोकाले जनही १० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नुभएको म्याग्दी जिल्ला भलिबल संघका महासचिव समेत रहनुभएका प्रतियोगिताका टिम व्यवस्थापक तथा सहायक कोच कुमार किसानले जानकारी दिनुभयो ।

यो संगै म्याग्दी महिला भलिबल टिम लगातार दास्रो पटक च्याम्पियन बनेको हो । दुई वर्ष अगाडी पोखरामा सम्पन्न गण्डकी प्रदेश स्तरीय पहिलो मुख्यपन्त्री कपमा पनि म्याग्दी च्याम्पियन बनेको थियो ।

Related News

एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
एसइईको तयारी अन्तिम चरणमा, २ हजार १ जना विद्यार्थी सहभागी हुने
  • २०७९ फाल्गुन ३, बुधबार १३:४९

FacebookTweetLikeShareLinkedInEmail शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले माध्यमिक शिक्षा परीक्षा (एसइई) संचालनमा नियुक्त गरिएका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरेको छ । Advertisement...

धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
धनियाँ बेचेर वार्षिक तीन लाख कमाउछन् कार्की
  • २०७९ फाल्गुन ३, बुधबार १३:४९

FacebookTweetLikeShareLinkedInEmail दाल, तरकारी र मासुका परिकार स्वादिष्ट र सुगन्धित बनाउने मसला जातको धनियाँको मुठा (साग) बेचेर म्याग्दीका एक व्यक्तिले वार्षिक...

दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
दरबाङ्ग स्वास्थ्य केन्द्रको एक्सरे मेसिन दुई महिनादेखि प्रयोगविहीन
  • २०७९ फाल्गुन ३, बुधबार १३:४९

FacebookTweetLikeShareLinkedInEmail पश्चिम म्याग्दीको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा दुई महिनादेखि ‘एक्सरे मेसिन’ प्रयोगविहीन भएपछि बिरामीलाई सास्ती भएको छ। Advertisement थ्री फेज...

TOP