२०८३ बैशाख १७
April 30, 2026, Thursday

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौं अधिवेशन तथा २३ औं जिल्ला प्रतिनिधिसभाबाट अध्यक्ष पदमा खत्री सर्वसम्मत चयन हुनुभएको हो । खत्रीले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

Advertisement

अध्यक्ष खत्री सहित महिला उपाध्यक्षमा भिमकुमारी सुवेदी ,उपाध्यक्षमा चन्द्रमान छन्त्याल,सचिवमा विनय श्रेष्ठ ,अर्थ सचिवमा शिवदत्त रेग्मी ,सहसचिव महिलामा अञ्जु पोख्रेल ,अर्थ सह सचिव महिलामा भगवती शर्मा ,सहसचिवमा ज्ञानेन्द्र वीक्रम शाह ,सह सचिव समावेशीमा गिता सुवेदी , र सह सचिव समावेशीमा राजेन्द्र जिसी चयन हुनुभएको निर्वाचन संयोजक दिवाकर सुवेदीले जनाकारी दिनुभयो ।

Advertisement

यसैगरी सदस्यहरुमा सुनिल बहादुर बानियाँ , बिमला बुढा सिंकिजा पुन , प्रेम बहादुर थापा, लिल बहादुर सुनार , रमेश प्रसाद पौडेल रहनुभएको छ । त्यस्तै पालिका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ । अधिवेशनले प्रदेश अधिवेशनमा रुद्र बहादुर घर्ती क्षेत्री र खेमराज शर्मालाई चयन गरेको छ भने संघिय अधिवेशन प्रतिनिधिमा कल्याण प्रसाद सुवेदी , देउमान घर्ती, जमुना कुमारी रोका , पदम बहादुर केसी र गजिन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभएको थियो । उहाँले शिक्षक सम्मानित व्यक्ती भएकोले पेशालाई थप मर्यादित र शिक्षा क्षेत्रको थप विकास गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत हरनुभएका सांसद गर्बुजाले पेशागत संगठनलाई थप बलियो बनाउन क्रियाशिल हुन आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी ,जिल्लाका शिर्ष नेताहरु तथा शिक्षक संघका केन्द्रीय नेताहरुले बाल्नुभएको थियो । कार्यक्रममा सेवा निबृत्त १७ जना शिक्षकलाई सम्मान , कोभिडको समयमा आईसीटी तालिम दिने प्रशिक्षकहरु र पुर्ब शिक्षकसंघका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ फाल्गुन ८, सोमबार ०२:०१

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ फाल्गुन ८, सोमबार ०२:०१

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ फाल्गुन ८, सोमबार ०२:०१

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP