२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा खत्री

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन हुनुभएको छ । बेनीमा सम्पन्न भएको नवौं अधिवेशन तथा २३ औं जिल्ला प्रतिनिधिसभाबाट अध्यक्ष पदमा खत्री सर्वसम्मत चयन हुनुभएको हो । खत्रीले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

Advertisement

अध्यक्ष खत्री सहित महिला उपाध्यक्षमा भिमकुमारी सुवेदी ,उपाध्यक्षमा चन्द्रमान छन्त्याल,सचिवमा विनय श्रेष्ठ ,अर्थ सचिवमा शिवदत्त रेग्मी ,सहसचिव महिलामा अञ्जु पोख्रेल ,अर्थ सह सचिव महिलामा भगवती शर्मा ,सहसचिवमा ज्ञानेन्द्र वीक्रम शाह ,सह सचिव समावेशीमा गिता सुवेदी , र सह सचिव समावेशीमा राजेन्द्र जिसी चयन हुनुभएको निर्वाचन संयोजक दिवाकर सुवेदीले जनाकारी दिनुभयो ।

Advertisement

यसैगरी सदस्यहरुमा सुनिल बहादुर बानियाँ , बिमला बुढा सिंकिजा पुन , प्रेम बहादुर थापा, लिल बहादुर सुनार , रमेश प्रसाद पौडेल रहनुभएको छ । त्यस्तै पालिका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ । अधिवेशनले प्रदेश अधिवेशनमा रुद्र बहादुर घर्ती क्षेत्री र खेमराज शर्मालाई चयन गरेको छ भने संघिय अधिवेशन प्रतिनिधिमा कल्याण प्रसाद सुवेदी , देउमान घर्ती, जमुना कुमारी रोका , पदम बहादुर केसी र गजिन्द्र श्रेष्ठलाई चयन गरेको छ ।

कार्यक्रमको उद्घाटन प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले गर्नुभएको थियो । उहाँले शिक्षक सम्मानित व्यक्ती भएकोले पेशालाई थप मर्यादित र शिक्षा क्षेत्रको थप विकास गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेस म्याग्दीका सभापति समेत हरनुभएका सांसद गर्बुजाले पेशागत संगठनलाई थप बलियो बनाउन क्रियाशिल हुन आग्रह गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा कांग्रेस म्याग्दीका उपसभापतिद्धय हरिकुमार श्रेष्ठ र केवी भण्डारी ,जिल्लाका शिर्ष नेताहरु तथा शिक्षक संघका केन्द्रीय नेताहरुले बाल्नुभएको थियो । कार्यक्रममा सेवा निबृत्त १७ जना शिक्षकलाई सम्मान , कोभिडको समयमा आईसीटी तालिम दिने प्रशिक्षकहरु र पुर्ब शिक्षकसंघका अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ फाल्गुन ८, सोमबार ०२:०१

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ फाल्गुन ८, सोमबार ०२:०१

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ फाल्गुन ८, सोमबार ०२:०१

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP