२०८३ श्रावण १०
July 26, 2026, Sunday

लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

Advertisement

बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट १ गरी ८ विद्यालयहरुको सहभागिता रहेको थियो । ‘उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व‘,‘समाज रुपान्तरणमा सहकारी‘,‘बर्तमानको बचत भविष्यको आधार’गरी ३ शीर्षकमा गोलापोला गरी परेको शिर्षकको आधारमा निवन्ध लेखन गराइएको थियो ।

सहकारीको १० औ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सहकारी शिक्षा अन्तरगतको उक्त कार्यक्रमको संयोजकत्व संस्थाका शिक्षा उपसमिति संयोजक खोमराज उपाध्यायले गर्नुभएको थियो भने प्रबन्धक नेत्रराज सुबेदीले संस्थाको बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

उक्त प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने विद्यालयलाई आगामी चैत्र १२ गते हुने स्थापना दिवसको दिन औपचारिक कार्यक्रम गर्दै पुरस्कार वितरण गरिने संस्थाका प्रबन्धकसुबेदीले जानकारी दिनुभएको छ । विजेतालाई क्रशस ५ हजार, ३ हजार, २ हजार र शान्तवनालाई १–१ हजार, प्रमाणपत्र उपलब्ध गराइने छ ।

Related News

जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
जलविद्युत् आयोजनाको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सुरु
  • २०८३ श्रावण ५, मंगलवार ०३:३८

म्याग्दीको रघुगंगा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरुको सहयोगमा गाउँपालिका केन्द्र जोड्ने सडक स्तरोन्नति सहित कालोपत्रे योजना अघि बढाइको छ ।...

बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
बेगमा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण
  • २०८३ श्रावण १, शुक्रबार १६:१३

राकेश शर्मा म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा वडा कार्यालय भवन निर्माण गरिएको छ । िनर्माण सुरु भएको तिन बर्ष पछि अहिले सम्पन्न...

आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
आजको मौसमः अधिकांश स्थानममा मध्यम वर्षा, सावधानी अपनाउन आग्रह
  • २०८३ असार ३०, मंगलवार ०२:२७

देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।...

TOP