२०७९ चैत्र ११
March 25, 2023, Saturday

लोकदिप साकोसको माविस्तरीय निवन्ध लेखन प्रतियोगिता

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लि.म्याग्दीले स्थापना दिवसको पूर्वसन्ध्यामा माविस्तरीय निवन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

Advertisement

बेनी सामुदायिक माविमा सम्पन्न भएको प्रतियोगितामा म्याग्दीका ७ र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकबाट १ गरी ८ विद्यालयहरुको सहभागिता रहेको थियो । ‘उच्च शिक्षा अध्ययनको लागि बाल बचतको महत्व‘,‘समाज रुपान्तरणमा सहकारी‘,‘बर्तमानको बचत भविष्यको आधार’गरी ३ शीर्षकमा गोलापोला गरी परेको शिर्षकको आधारमा निवन्ध लेखन गराइएको थियो ।

Advertisement

सहकारीको १० औ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको सहकारी शिक्षा अन्तरगतको उक्त कार्यक्रमको संयोजकत्व संस्थाका शिक्षा उपसमिति संयोजक खोमराज उपाध्यायले गर्नुभएको थियो भने प्रबन्धक नेत्रराज सुबेदीले संस्थाको बारेमा सहभागीलाई जानकारी गराउनुभएको थियो ।

उक्त प्रतियोगितामा प्रथम द्वितीय तृतीय र सान्त्वना हुने विद्यालयलाई आगामी चैत्र १२ गते हुने स्थापना दिवसको दिन औपचारिक कार्यक्रम गर्दै पुरस्कार वितरण गरिने संस्थाका प्रबन्धकसुबेदीले जानकारी दिनुभएको छ । विजेतालाई क्रशस ५ हजार, ३ हजार, २ हजार र शान्तवनालाई १–१ हजार, प्रमाणपत्र उपलब्ध गराइने छ ।

Related News

मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
मतदाता भेट्न घार र शिख पुगे सांसद गर्बुजा
  • २०७९ फाल्गुन २४, बुधबार १३:०३

FacebookTweetLikeShareLinkedInEmail प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा(खम्बिर)ले शुक्रबार अन्नपूर्ण गाउँपालिकाको विभिन्न बस्तीमा पुगेर मतदातालाई भेटघाट गर्नुभएको छ । बस्तीमा पुगेर मतदातालाई...

म्याग्दीको जनसंख्या १०७०३३
म्याग्दीको जनसंख्या १०७०३३
  • २०७९ फाल्गुन २४, बुधबार १३:०३

FacebookTweetLikeShareLinkedInEmail म्याग्दी । म्याग्दीको जनसंख्या १ लाख ७ हजार ३३ पुगेको छ । राष्ट्रिय तथ्यांक आयोगले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क...

शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
शनिबार दग्नाममा निशुल्क स्वास्थ्य शिविर हुने
  • २०७९ फाल्गुन २४, बुधबार १३:०३

FacebookTweetLikeShareLinkedInEmail म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा आगामी शनिबार ११ गते निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । लायन्स क्लब अफ बेनी...

TOP