२०८३ बैशाख १७
April 30, 2026, Thursday

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु

राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो । अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावलले देशको सामाजिक क्षेत्रमा युवा संघको भूमिका सशक्त रहेको बताउनुभयो ।

Advertisement

उहाँले अन्य पार्टीहरुका युवा सङ्गठनहरुको तुलनामा राष्ट्रिय युवा संघ नेपाल सशक्त रुपमा अगाडि बढिरहेको बताउँदै युवा संघले नेपाली जनता र देशलाई अप्ठ्यारो अवस्था परेको खण्डमा आवश्यक भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । केन्द्रीय उपाध्यक्ष रावलले देशमा विभिन्न समयमा हुने कालोबजारी, बढ्दो महङ्गी, भ्रष्टाचार, अनियमिमता, अराजकतालगायत गलत क्रियाकलापहरुको भण्डाफोर र नियन्त्रणमा युवा संघले सशक्त भूमिका खेलेको दावी गर्नुभयो । उहाँले राष्ट्रिय युवा संघ नेपालले रक्तदान, खेलकुद र शैक्षिक क्षेत्रमा सक्दो सहयोग गर्दै आएको भन्दै हालै मात्र १० लाख रुपैयाँ पुरस्कार राशीको केपी ओली कपको समेत आयोजना गरेको बताउनुभयो ।

Advertisement

अब देशका तमाम युवाहरु विदेशिने मात्र नभई स्वदेशमै राजनीतिकसँगै विभिन्न पेशा, व्यवसायमा जोडिनुपर्ने उहाँको भनाइ छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले वर्तमान परिस्थितिमा एमालेको विरुद्ध चौतर्फी घेराबन्दी भैरहेकाले यसलाई पराजित गर्नका लागि युवा संंघ सशक्त रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले अधिवेशनबाट चयन हुने नेतृत्वले आगामी दिनमा जिल्लाको ४५ वटै वडामा पुगेर आफ्नो सङ्गठन विस्तार गरी व्यापक बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा एमाले जिल्ला उपसचिव तथा जनवर्गीय सङ्गठन संयोजक थमसरा पुन, राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष महेन्द्र गुरुङ, एमाले जिल्ला सदस्यद्वय दिनेश केसी, सावित्रा केसी, बेनी नगरपालिका कमिटी अध्यक्ष नारायण जिसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सिर्जना केसी, एकजित रोका र कास्की जिल्ला अध्यक्ष पानबहादुर जिसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी म्याग्दीका संयोजक शिशिर शाहीको अध्यक्षता र सहसंयोजक विजय घर्तीमगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन एमाले बेनी नगर कमिटी उपसचिव लक्ष्मण कटुवालले गर्नुभएको थियो । अहिले युवा संघको बन्दसत्र सुरु भएका छ भने बन्द सत्रबाट संघको नयाँ नेतृत्व चयन हुने जनाइएको छ ।

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०७९ फाल्गुन २६, शुक्रबार १५:५६

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०७९ फाल्गुन २६, शुक्रबार १५:५६

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०७९ फाल्गुन २६, शुक्रबार १५:५६

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP