Welcome to Gandaki Patra   Click to listen highlighted text! Welcome to Gandaki Patra
२०८३ आश्विन ६
September 22, 2026, Tuesday

बगरफाँटमा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

Advertisement

बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।

Advertisement

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यकता र प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने वाध्यता रहने भएकोले समस्या भएको छ भन्नुभयो ।

सांसद भण्डारीले बोलेर काम नगर्नुभन्दा काम गरेपछि मात्र बोल्ने आफ्नो बानी भएको बताउँदै प्राथमिकता र आवश्यकता तय गरेर बजेट माग गर्न स्थानीय सरकारका प्रतिनिधि (वडाअध्यक्ष) र स्थानीयलाई आग्रह गर्नुभयो ।

त्यसैगरी बेनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष यामबहादुर कार्कीले बगरफाँटका युवाहरुको अग्रसरतामा विशाल खेलमैदान निर्माण गरी यति ठूलो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै बजेट र सामथ्र्यले भ्याएसम्म खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद स्वस्थ जीवनका लागि मात्र होइन सभ्य र सुसंस्कृत समाज निर्माणका लागि पनि अपरिहार्य भएको बताउँदै खेल क्षेत्रको विकासका लागि राज्यले आवश्यक लगानी गर्न सक्नुपर्छ भन्नुभयो ।

क्लवका अध्यक्ष सुनिल थापाको सभापतित्व,उपाध्यक्ष नारायण थापाको स्वागत र धु्रवसागर शर्माको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी तथा अगुवा व्यक्तित्वहरु क्या.मीनबहादुर कार्की, कृष्णबहादुर थापा र चन्द्रबहादुर घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा विभिन्न स्थानका २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगर रु १ लाख, ट्रफि,मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ५० हजारका साथमा ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

Related News

म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
म्याग्दीमा कांग्रेस इतर समूहको महाधिवेशन तयारी समिति गठन, संयोजकमा हिराबहादुर पुन
  • २०८३ आश्विन ३, शनिबार १५:०९

धनिलाल गर्बुजा Advertisement म्याग्दी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारीलाई लिएर म्याग्दीमा पार्टीको इतर समूहले जिल्ला तयारी समिति गठन गरेको...

म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
म्याग्दी कांग्रेसको १६ वटा वडामा नेतृत्व चयन
  • २०८३ आश्विन ३, शनिबार १४:४८

म्याग्दी । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आजबाट देशभर वडा अधिवेशन प्रक्रिया सुरु भएको छ । असोज १६ देखि १९...

मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
मार्फा शीतोष्ण बागवानी केन्द्रमा प्रविधि र दरबन्दी थप्ने मन्त्री चौधरीको प्रतिबद्धता
  • २०८३ आश्विन २, शुक्रबार १२:०५

कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले वागवानी विकास केन्द्रले उत्पादन गर्ने ब्राण्डीलाई अन्तराष्ट्रि«य बजारमा लैजान सरकारले पहल गर्ने बताउनुभएको छ...

TOP