२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

बगरफाँटमा सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु

Advertisement

बेनी नगरपालिका २ बगरफाँटमा मंगलवार (आज)देखि प्रथम सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लवले आयोजना गरेको उक्त प्रतियोगिता चार दिनसम्म संचालन हुने आयोजक क्लवका अध्यक्ष सुनिल थापाले जानकारी दिनुभयो ।

Advertisement

प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद हरिबहादुर भण्डारीले खेल क्षेत्रको विकासका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यकता र प्राथमिकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने वाध्यता रहने भएकोले समस्या भएको छ भन्नुभयो ।

सांसद भण्डारीले बोलेर काम नगर्नुभन्दा काम गरेपछि मात्र बोल्ने आफ्नो बानी भएको बताउँदै प्राथमिकता र आवश्यकता तय गरेर बजेट माग गर्न स्थानीय सरकारका प्रतिनिधि (वडाअध्यक्ष) र स्थानीयलाई आग्रह गर्नुभयो ।

त्यसैगरी बेनी नगरपालिका वडा नं २ का वडा अध्यक्ष यामबहादुर कार्कीले बगरफाँटका युवाहरुको अग्रसरतामा विशाल खेलमैदान निर्माण गरी यति ठूलो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै बजेट र सामथ्र्यले भ्याएसम्म खेल क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले खेलकुद स्वस्थ जीवनका लागि मात्र होइन सभ्य र सुसंस्कृत समाज निर्माणका लागि पनि अपरिहार्य भएको बताउँदै खेल क्षेत्रको विकासका लागि राज्यले आवश्यक लगानी गर्न सक्नुपर्छ भन्नुभयो ।

क्लवका अध्यक्ष सुनिल थापाको सभापतित्व,उपाध्यक्ष नारायण थापाको स्वागत र धु्रवसागर शर्माको संचालनमा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी तथा अगुवा व्यक्तित्वहरु क्या.मीनबहादुर कार्की, कृष्णबहादुर थापा र चन्द्रबहादुर घिमिरेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा विभिन्न स्थानका २२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले नगर रु १ लाख, ट्रफि,मेडल र प्रमाणपत्र तथा उपविजेताले रु ५० हजारका साथमा ट्रफि,मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०७९ चैत्र २८, मंगलवार १६:०७

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०७९ चैत्र २८, मंगलवार १६:०७

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०७९ चैत्र २८, मंगलवार १६:०७

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP