२०८३ असार १
June 15, 2026, Monday

निजि विद्यालयबाट सामुदायिक विद्यालयमा भर्ना हुन जानेको हानथाप

म्याग्दीको ग्रामिण भेगका अधिकांश सामुदायिक विद्यालयहरु विद्यार्थीको अभावमा बन्द हुने अवस्थामा पुगेका छन् । जिल्लाका कतिपय विद्यालयहरुमा विद्यार्थी संख्या न्यून भएर मर्जहुने गरेका छन् । केही विद्यालयमा शिक्षकको संख्या भन्दा कम विद्यार्थीको संख्या समेत भएका विद्यालय समेत भेटिने गरेका छन् । तर म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक विद्यालयमा भने यस्तो समस्या अउनु त परको कुरा यस विद्यालयमा भर्ना हुने बेलमा प्रवेश परिक्षा लिनुपर्ने अबस्था रहेको छ ।

Advertisement

यस विद्यालयमा म्याग्दीका मात्र होईन छिमेकी जिल्ला पर्वत र बागलुङ देखी भर्ना हुन आउने गरेका छन् । कक्षा १ देखि ९ सम्म ८० देखि एक सय जना सम्म विद्यार्थी भर्ना गर्न सकिने अबस्थामा तिन सय जना भन्दा बढी विद्यार्थी भर्नाका लागि प्रवेश परिक्षामा सहभागी भएको विद्यालयका प्रानाध्यापक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

उहाँका अनुसार हामी यो शैक्षिक सत्रमा सबैभन्दा बढी विद्यार्थी कक्षा ९ मा भर्ना हुन आएका छन् । १५ जना सम्म भर्ना गर्न सकिने भएपनि ६३ जनाले भर्नाका लागि फर्म भरेपछि प्रवेश परिक्षा लिईएको श्रेष्ठको भनाई छ । कक्षा ९ मा मात्र नभएर कक्षा १ देखी ८ सम्म पनि उस्तै चाप रहेको उहाँको भनाई छ । निजि विद्यालयबाट मात्र २५२ जना विद्यार्थी प्रवेश परिक्षामा सहभागी हुन आएका थिए ।

कक्षा कोठामा परिक्षा दिइरहेका विद्यार्थीका अभिभावक विद्यालय परिसर तथा आसपासका क्षेत्रमा खचाखच देखिन्थे । बार्षिक परीक्षा सकेपछि विद्यालयमा भर्ना हुन नियमित तयारी कक्षामा समेत सहभागी भएर आएका विद्यार्थीको तयारी समेत बार्षिक परिक्षा भन्दा कम थिएन्।

कतिपय सरकारी लगानीका सामुदायिक विद्यालयमा प्रतिफल नआएको गुनासोकाबीच बेनीको बेनी सामुदायिक माध्यामिक बिद्यालय भने जिल्ला कै अब्बल भनेको छ । यस विद्यालयको नतिजाले सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन आउन थालेको छ ।

निजि विद्यालयहरुले भन्दा सामुदायीक विद्यालयले राम्रो नतिजा ल्याउन थालपछी यतिबेला अभिभावक सामुदायिक विद्यालय खोज्दै आउन थालेका छन् ।सामुदायिक विद्यालयमा पढ्ने आफ्ना साथीहरुल राम्रो नतिजा लिन थालेपछी निनि विद्यालयबाट सामुदायिक विद्यालयमा आफुहरु प्रवेश परिक्षा दिन आएको विद्याथीहरु बताउछन् ।

२०७० सालमा सामुदायिक तर्फ नेपालकै उत्कृष्ट विद्यालयको रुपमा परिचय बनाएको यस बेनी सामुदायीक विद्यालयमा अहिले धमाधम निजिविद्यालयबाट छोराछोरी निकालेर सामुदायीक विद्यालयमा ल्याउन थालेका छन् । विद्यालयले हरेक वर्षको एसइईमा सतप्रतिशत उत्तीर्ण गराउन सफल हुँदै आएको छ ।

तर विद्यालयले विद्यार्थीको अनुशासन, आर्थीक, अवस्था र क्षमता हेरेर मात्र भर्ना लिने गरेको छ। विद्यालयमा भौतिक पुर्वधार कम शिक्षकका कारणले विद्यार्थी भर्ना गर्दा पनी प्रवेश परिक्षा लिन परेको विद्यालयले जनाएको छ । प्रवेशपरिक्षामा पास हुन नसक्ने विद्यार्थी भर्ना हुन पाउदैन् । विद्यायलयमा सरकारले भौतिक पुर्वधार र शिक्षकहरु प्रयाप्त नहुदा समस्या भएको प्र.अ क्षेष्ठको भनाई छ । एक हजार २ सय ५० जना विद्यार्थी रहेको विद्यालयमा ३४ जना शिक्षक कर्मचारी रहेका छन् । जसमा १४ जना शिक्षकलाई निजि स्रोतबाट तलब दिईएको छ ।

Related News

प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू वेष्ट प्वाइन्ट र प्रकाश माविलाई
  • २०८३ जेष्ठ २४, आईतवार १२:४०

स्वतन्त्र विद्यार्थी युनियन म्याग्दी बहुमुखी क्याम्पस र म्याग्दी जिल्ला कबड्डी संघको संयुक्त आयोजनामा सञ्चालित प्रथम म्याग्दी कबड्डी प्रतियोगिताको उपाधि न्यू...

म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
म्याग्दी उद्योग वाणिज्य संघको ३२ औं वार्षिक साधारणसभा
  • २०८३ जेष्ठ २३, शनिबार १३:२८

‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिवार म्याग्दी उद्योग वाणिज्य संघको...

म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
म्याग्दीको अर्गानिक उत्पादन बिक्री गर्न पोखरा बुद्धचोकमा ‘मोना मार्ट’
  • २०८३ जेष्ठ २१, बिहीबार १६:३५

म्याग्दीको रैथाने उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पोखरा महानगरपालिका–१० बुद्धचोकमा ‘मोना मार्ट’ सञ्चालनमा ल्याएको छ । प्रवासमा रहेका म्याग्देलीको सक्रियतामा स्थापित...

TOP