२०८३ बैशाख १९
May 2, 2026, Saturday

मेयरकप बास्केटबलको उपाधि अन्नपूर्ण गाउँपालिकालाई

कीर्तिपुर नगरपालिका कामठमाण्डौले आयोजना गरेको अन्तर स्थानीय तह( यू–१८) मेयर कप पुरुष बास्केटबल प्रतियोगिताको उपाधी अन्नपूर्ण गाउँपालिका म्याग्दीको जितेको छ।
शनिबार भएको फाईनलमा किर्तिपुर नगरपालिकालाई पराजित गर्दै मेयर कपको उपाधी जितेको छ । आयोजक किर्तिपुरलाई ८१ का विरुद्ध ८८ स्कोर गर्दै अन्नपूर्ण गाउँपालिका च्याम्पीयन बनेको हो । प्रतियोगितामा बिजेता बन्दै अन्नपूर्ण एकलाख नगद पुरस्कारसहित ट्रफी, मेडेल प्रमाणपत्र पुरस्कृत भएका थिए ।


अर्जुन विकको कप्तानीमा उत्तिएका अन्नपूर्णको टिममा रनिक गर्बुजा, नुकेश जुग्जाली, केमन सेञ्चुरी, राजेन्द्र गर्बुजा, मनिष तिलिजा पुन, निश्चल फगामी, हेमन परियार, सुजन परियार, राजु परियार, सुदिप बरुवाल, जोन तिलिजा सहभागि हुनुभएको थियो ।
टिमको प्रशिक्षकमा सुमन तिलिजा पुन र ब्यवस्थापनमा बिसन राना पुन रहनुभएको थियो । अन्नपूर्णका यमन सेञ्चुरी उत्कृष्ट खेलाडीको उपाधी जित्नुभएको थियो । अन्नपूर्ण गाउँपालिकाले प्रतियोगितामा सहभागिताका लागि रु. एक लाख बजेट सहयोग गरेको थियो ।

Advertisement

Related News

म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
म्याग्दीमा सुरु भयो घरदैलोमै राहदानी वितरण
  • २०८० असार १०, आईतवार ०१:०२

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारले पहिलो दिन गत बर्षको चैत १३ गते शासकीय सुधार सम्बन्धी १ सय कार्यसूची...

तातोपानी कुण्डमा स्नान गर्नेको भीड
तातोपानी कुण्डमा स्नान गर्नेको भीड
  • २०८० असार १०, आईतवार ०१:०२

म्याग्दीको बेनी नगरपालिका-४,सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले भरिएको छ । Advertisement स्वदेश तथा विदेशका...

मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव
  • २०८० असार १०, आईतवार ०१:०२

 बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको छ ।  Advertisement आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि बेनी नगरपालिकाले मङ्गलाघाटमा...

TOP