२०८३ भाद्र १०
August 26, 2026, Wednesday

स्थापना दिवसको अवसरमा सनराईज युथ क्लवद्धारा आर्थिक सहयोग

रघुगंगा गाउँपालिका– ६ कोटगाउँको सनराईज युथ क्लवको १४ औं स्थापना दिवसको अवसरमा क्यान्सर पीडित आर्थिक र विपन्न परिवारलाई ओढ्ने ओछ्याउने कपडा सहयोग गरेको छ ।

Advertisement

क्लवले सामाजिक क्षेत्रमा गर्दै आएका कामहरुलाई निरन्तरता दिदै यस वर्षको बार्षिक कार्यक्रमको अवसरमा क्लवका निर्वतमान अध्यक्ष छमन पुनले काठमाण्डौमा उपचार गराईराख्नुभएकी स्तन क्यान्सर पीडित सगुन शेरपुञ्जालाई १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

क्लव अध्यक्ष तिपेन पुनको नेतृत्वमा गाउँमा रहेको विपन्न परिवारका सदस्य मातविर बिकलाई ओढ्ने ओछ्याउने फाईबर सिरक, सिरानी र डस्ना सहयोग उपलब्ध गराउनु भएको छ। खेलकुद तथा सांस्कृतिक कार्यक्रमसंगसगै सामाजिक कार्यमा सक्रिय यस क्लवले आगामी दिनमा सामाजिक विकास र एकतामा कार्ययोजना बनाएर निरन्तर अघि बढ्ने क्लव अध्यक्ष पुनले बताउनुभयो ।

२०६६ सालमा स्थापना भएको यस क्लवले दुईवटा क्लव भवन र सुविधासम्पन्न खेलकुद मैदान निर्माण गरेको छ। समाजमा हुने विभिन्न घटनामा आर्थिक तथा भौतिक सहयोगमा क्लवका युवाहरु सक्रिय रहेको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

Related News

ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
ज्ञानोदय माविमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ वक्तृत्वकला प्रतियोगिता सम्पन्न
  • २०८३ भाद्र ५, शुक्रबार १५:४४

म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा ‘हाम्रो विद्यालय, हाम्रो गौरव’ शीर्षकमा वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको छ । विद्यालयका...

मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
मुस्ताङ भन्सारले साउनमा उठायो २९ करोड राजस्व
  • २०८३ भाद्र ४, बिहीबार १५:१८

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, नेचुङ भन्सार कार्यालयमा चालु आर्थिक बर्ष २०८३–८४ को साउन महिनामा २९ करोड ६९ लाख रुपियाँ राजस्व...

ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
ज्ञानोदय माविमा म्याग्दी जेसीजद्धारा उद्घोषण तथा भाषणकला तालिम सम्पन्न
  • २०८३ भाद्र २, मंगलवार ००:५४

रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा विद्यार्थी र शिक्षकहरुका लागि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ । युवाहरुको...

TOP