२०८२ कार्तिक २७
November 12, 2025, Wednesday

स्थापना दिवसको अवसरमा सनराईज युथ क्लवद्धारा आर्थिक सहयोग

रघुगंगा गाउँपालिका– ६ कोटगाउँको सनराईज युथ क्लवको १४ औं स्थापना दिवसको अवसरमा क्यान्सर पीडित आर्थिक र विपन्न परिवारलाई ओढ्ने ओछ्याउने कपडा सहयोग गरेको छ ।

Advertisement

क्लवले सामाजिक क्षेत्रमा गर्दै आएका कामहरुलाई निरन्तरता दिदै यस वर्षको बार्षिक कार्यक्रमको अवसरमा क्लवका निर्वतमान अध्यक्ष छमन पुनले काठमाण्डौमा उपचार गराईराख्नुभएकी स्तन क्यान्सर पीडित सगुन शेरपुञ्जालाई १० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको थियो ।

Advertisement

क्लव अध्यक्ष तिपेन पुनको नेतृत्वमा गाउँमा रहेको विपन्न परिवारका सदस्य मातविर बिकलाई ओढ्ने ओछ्याउने फाईबर सिरक, सिरानी र डस्ना सहयोग उपलब्ध गराउनु भएको छ। खेलकुद तथा सांस्कृतिक कार्यक्रमसंगसगै सामाजिक कार्यमा सक्रिय यस क्लवले आगामी दिनमा सामाजिक विकास र एकतामा कार्ययोजना बनाएर निरन्तर अघि बढ्ने क्लव अध्यक्ष पुनले बताउनुभयो ।

२०६६ सालमा स्थापना भएको यस क्लवले दुईवटा क्लव भवन र सुविधासम्पन्न खेलकुद मैदान निर्माण गरेको छ। समाजमा हुने विभिन्न घटनामा आर्थिक तथा भौतिक सहयोगमा क्लवका युवाहरु सक्रिय रहेको वडाअध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।

Related News

गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
गुर्जाका पशुपालक किसानलाई पशुचौपायमा पूर्ण खोपबारे सचेतना
  • २०८० भाद्र ३, आईतवार १०:४८

। म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पशुचौपायलाई रोग लाग्नबाट सुरक्षित राखी उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ पशुचौपायमा पूर्ण खोप सम्बन्धी अभिमुखिकरण...

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
  • २०८० भाद्र ३, आईतवार १०:४८

म्याग्दी– ‘खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि’ भन्ने मूल नारासहित धवलागिरि गाउँपालिकामा आइतबारदेखि छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको...

न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
न्यू वेष्ट प्वाइन्टमा बृहत खेलकुद सप्ताह समापन
  • २०८० भाद्र ३, आईतवार १०:४८

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यू वेष्ट प्वाइन्ट विद्यालयमा बृहत् खेलकुद सप्ताह शनिवार सम्पन्न भएको छ । गएको सोमबारदेखि सञ्चालन भएको...

TOP